ल हेर्नुस् हाम्रा सभासद्हरुको कति हुन्छ महिनावारी तलब सुबिधा ! (तालिका सहित)

संविधान लेखनको काममा शुरुवात नै नभएपनि सभासदको एक महिनाको तलव पाक्ने समय भएको छ । सभासदले सपथ खाएको दिनदेखी तलव पाकेका कारण फागुन ७ मा उनिहरुले पहिलो महिनाको पारिश्रमिक पाउने छन् ।


संसद सचिवालयले प्रकाशित गरेको तालिका अनुसार ४० हजार १ सय ६० तलव, १ हजार २ सय ४८ बिजुलीको महसुल बराबर पाउछन् ।


यसैगरी टेलिफोन २ हजार, घरभाडा ६ हजार ५ सय, मसलन्द १ हजार र पत्रपत्रिकाका लागि ३ सय पाउने गरेका छन् ।


संविधानसभा अध्यक्षले भने ४८ हजार ९ सय ५० र उपाध्यक्षले ४४ हजार ३ सय ३० रुपैया तलव पाउछन् । विपक्षी दलको नेताले पनि उपसभामुख सरह ४४ हजार ३ सय ३० सुविधा पाउछन् ।


सदनमा प्रमुख विपक्षी दलका नेताले मन्त्री सरह सुबिधा पाउछन् । प्रमुख सत्तारुढ दलका मुख्य सचेतकले पनि विपक्षी दलका नेता सरह सुविदा पाउछन् ।


सत्तारुढ दलको सचेतक र विपक्षी दलका मुख्य सचेतकले भने सभासदले भन्दा थोरै मात्र बढी सुविधा पाउने गरेका छन् ।


सभासदको तलव भत्ता धेरै भयो भनेर आलोचना गरेपनि सभासदका पीडा भने वेग्लै छन् । ‘हामी ०५६ सालमा चुनाल जितेर प्रतिनिधि सभा आउदा पनि पत्रपत्रिकाको लागि ३ सय रुपैया पाइन्र्थो, १४ बर्ष पछि पनि उही छ, कसरी भत्ता बढी भयो ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.