नेपालकै अग्लो झोलुङगे पुलबाट हामफालेर आत्महत्या


नेपालको अग्लो भनिएको पर्वतको झोलुङगे पुलबाट हामफालेर हिजो एक जना पुरुषले आत्महत्या गरेका छन् । पर्वत भंगरा गाविस– ९ का २८ वर्षिय जिवन गुरागाईले १३५ मिटर अग्लो पुलबाट हामफालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पुल छेउमा बस्ने दिदीको आँखै अगाडि गुरागाईले कटुवाचौपारी गाविसमा पर्ने पुलको मुखबाट दौडिएर बीच भागमा आई हामफालेका थिए । परिवारलाई उद्धृत गर्दै प्रहरीका अनुसार गुरागाईँ केही वर्षदेखि मानसिक समस्यामा रहेका थिए। अहिले उनको जिल्ला अस्पताल पर्वतमा पोस्टमास्टर्म गरिएको छ । यसभन्दा अघि पनि यही पुलबाट दुईजना पुरुषले हामफालेर आत्महत्या गरिसकेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.