नेपाली समाजमा तेस्रोलिंगी समुदाय
आफ्नो पहिचान स्थापित गर्न संघर्षरत छ। उनीहरू रोजगारीका अवसरबाट वञ्चित
छन्। यही अभावले कतिपय तेस्रोलिंगीलाई बाँच्नका लागि यौनलाई पेसा बनाउनु
परिरहेको छ।
पूर्व घर बताउने सुबी राई यीमध्येकै एक हुन्। उनी अहिले २८
वर्षकी भइन्। तीन वर्षदेखि राजधानीको रत्नपार्कलाई ‘जक्सन’ बनाएर आफ्नो
‘धन्दा’ चलाइरहेकी छिन्। बिहेका लागि घरबाट दबाब आउँदा ‘म छोरा वा छोरी
केही पनि होइन’ भन्दै चार वर्षअघि घरबाट ‘विद्रोह’ गरेर राजधानी छिरेकी
थिइन्। तर, उनले पेट पाल्नका लागि अरू विकल्प नभेटेपछि यौनधन्दालाई बाँच्ने
आधार बनाउनुपर्योन। बेलुकी रत्नपार्कमा आएर ग्राहकको खोजी गर्नु उनको
दैनिकी बनेको छ।
चेक सर्टमाथी गुलाबी रङको स्विटर, जिन्स प्यान्ट,
स्पोर्ट्स सुजमा थिइन् उनी। लामो कपाललाई चुल्ठी बाटेका उनी कुनै मोडल
भन्दा कम आकर्षक देखिन्न थिइन्। रत्नपार्कको पेटीका रुखको छायामा बसेर
संवाददातासँग गफिरहेकी उनको मोबाइलको रिङ बज्यो, ‘दाजु आज पनि आउनुस् न
प्लिज!’ नियमित ग्राहकलाई फोनमै डिल गरिन् उनले।
'कुरा मिल्यो त?' संवाददाताले सोध्यो।
उनले
मुन्टो हल्लाइन्, ‘हजारभन्दा सस्तो चाहियो भन्छ। त्यति पैसाले त कोठासम्म
पुग्ने ट्याक्सी भाडै पुग्दैन।’ सुबीकै कोठामा पुग्ने हो भने केही सस्तो
पर्छ। ‘पछाडि १५ सय, माथि दुई हजार,' आफू ‘गे’ अर्थात् पुरुष समलिंगी भएको
बताउने उनले आफ्नो रेट बताइन्। पछाडि भनेको गुदामैथुन र अगाडि भनेको
मुखमैथुन हो।
साँझ साढे सात बजेतिर रत्नपार्क नजिकैको चिया दोकानमा थिए
रोहन र उनका साथीहरू। ग्राहककै ध्यान तान्न ठूलठूलो स्वरमा चर्काचर्की
गरिरहेका उनीहरूलाई धेरैले रमिते भएर हेरिरहेका थिए। त्यो बाटो भएर हिँड्ने
पुरुषलाई आँखा झिम्क्याउँदै ‘जाने हो?’ भनिहाल्थे। ‘जाऊँ न ल। एकदुई
हात्ती झारे रोम्यान्टिक बनाइदिन्छौँ रात,’ उनीहरूको आग्रह थियो। साँझ
पर्दै जाँदा एकजना २०/२२ वर्ष उमेरको ठिटो आएर झ्याप्पै अँगालो मारेर रुखको
आड लगाइहाल्छ रोहनका एक साथीलाई। ‘आज त म चिल्लै छु नि। कोही भेटिएनन्,’
उनी निराश थिए। साँझमा धेरै ग्राहकको ओहोरदोहोर हुने भएकाले उनले भेटिने
आशा मारेका छैनन्।
बाग्लुङ घर बताउने करिश्मा पनि ग्राहककै खोजीमा
थिइन्। ‘तपाईंको इच्छाअनुसार जुनसुकै आइटम पनि जानेकी छु,’ उनले आफ्नो
योग्यता बताइन्।
दिउँसो कुमार, राती कुमारी
दिनभरि
ह्यान्डसम युवा भएर हिँड्ने दिलकुमार साँझ परेपछि रूप बदल्छन्। खाइलाग्दो
ज्यान, आकर्षक चेहरा भएका उनी दिनभरि दिलकुमार भन्दै परिचय दिन्छन्। रात
परेपछि अस्वाभाविक महिला आवाजमा ग्राहकसँग बोल्छन्, …मेरो नाम दिलकुमारी,
सेक्सी छु हैन त? मन भए अहिल्यै दिल दिन तयार छु।' नयाँ मान्छे
देख्नेबित्तिकै आँखाले इशारा गरिहाल्छन्। ‘केटाको भेषमा ग्राहक फेला नपरे
साँझ केटी बन्छु,’ उनी अचेल प्रायः रत्नपार्क वरपर भेटिन्छन्।
अपराह्न ४
बजेतिरका ह्यान्डसम दिलकुमार साँझको साढे ६ नबज्दै …दिलकुमारी' बनिसकेछन्।
दिउँसोको लामो एक फित्ते साइड झोला एकैछिनमा छोटो लेडिज ब्याग बन्छ।
त्यसैभित्र कोचिएको सल र स्यान्डल लगाउँछन्। जुत्ता र लेदर ज्याकेट झोलामा
कोच्छन्। चुल्ठी बाटिएको कपाल खोलेर एउटा आँखा छोपिने गरी मिलाउँछन्। एक
छेउ लागेर लिपस्टिक, पाउडर र गाजल लगाउँछन्। ‘च्वाँक देखिएन त?,’ रुप
बदलेपछि आफै दंग पर्दै भने, ‘अब त कसो नभेटिएलान् ठिटाहरू।’ उनले बेलुकी ९
बजेतिर ग्राहक भेटे। ‘सर्ट टर्म'का लागि हो भन्दै थिए ग्राहक। सर्ट टर्म
भनेको सोही ठाउँमै यौनप्यास मेट्ने कुरा रहेछ।
रहर त कहाँ छ र?
दिनभरि
ग्राहक खोज्दै चोक, गल्ली तथा पार्क धाउने तेस्रोलिंगी सोनी थारु आफू यौन
व्यापारमा लाग्नु बाध्यता भएको बताउँछिन्। पाँच वर्षअघि दाङस्थित घरबाट
निकालिएकी उनी लाजिम्पाटमा बल्लबल्ल पाएको डेरामा बस्छिन्। आफूलाई
‘इन्टरसेक्सुअल’ भन्छिन् उनी। ‘रहर त कहाँ हो र? तर, यो नगरे के गर्नु।
बाँच्नु त पर्योम,’ उनले भनिन्। रातबिरात ग्राहक खोज्दै हिँड्नु राम्रो काम
नभएको भन्दै भाँडा माझ्ने काम पाए पनि गर्ने कुरा सुनाइन्। …तर थाहा
पाएपछि निकालिहाल्छन्,' उनले गुनासो गरिन्। उनले केही ठाउँमा काम गरिन्
पनि। तर, साहूले थाहा पाएपछि तलबै नदिई निकालिदिएछन्। आफूजस्तैसँग बिहे
गरेर आफ्नो छुट्टै संसार बसाल्ने उनको सपना थियो। तर, गाउँघर र आफन्तले
डरत्रास देखाउन लागेपछि उनी भागेर काठमाडौँ आएकी हुन्। उनीजस्तै रामेछापका
सुरन श्रेष्ठ बाबुआमाले …हाम्रोे सन्तान नै होइनस्' भन्न थालेपछि घर छाडेर
चार वर्षअघि काठमाडौ“ पसे। एक रेस्टुरेन्टमा वेटरको काम पनि पाए। ह्यान्डसम
उनी केटातिरै आकर्षित भएपछि सबैले तेस्रोलिंगी रहेको थाहा पाए। ‘सबैले
छक्का, हिजडा भनेर जिस्क्याउन थालेपछि काम छाडेँ,’ उनले भने। त्यसपछि भने
उनी यही पेसामा भासिए।
मुलुकको प्रमुख शहरी Ôेत्रमा यौन व्यवसायमार्फत
जीविकोपार्जन गर्दै आएका तेस्रोलिंगीको संख्या बर्सेनि बढिरहेको छ। समाजबाट
बहिष्कृत भएकै कारण पढाइ पूरा गर्न नपाउनु र उचित अवसर नपाउनाले उनीहरू
यौन व्यवसाय अपनाउन बाध्य भएको सम्बन्धित क्षेत्रका अध्ययनकर्ता बताउँछन्।
परिवार र समाजले निकालेपछि जीविकाका लागि विकल्प नभेटेकाले यसो गर्नु परेको
शिवानी बताउँछिन्। 'समाजकै बहिष्कारका कारण यही पेसामा लाग्न बाध्य छौँ,'
उनले भनिन्, 'राम्रो काम पाए यस्तो पेसा कसले गर्छ?' तेस्रोलिंगी भएकै कारण
समाजले अस्वीकार गरेपछि उनी मोरङबाट काठमाडौँ आइन्। प्रहरीदेखि ग्राहक तथा
स्थानीयसम्मको दुर्व्यवहार सहनुपर्छ उनले। ग्राहकस“ग पैसा माग्दा
धम्क्याउने, कुट्ने र कतिले त प्रहरी बोलाउने धम्की दिएर पैसासमेत नदिने
गरेको उनको गुनासो छ।
ठमेल अखडा
काठमाडौँ, चाबहिलका किरण मल्ल
ठमेलस्थित आफन्तकहाँबाट साँझ ८ बजेतिर घर फर्कनका लागि सडकपेटीमा उभिएर
ट्याक्सी पर्खिरहेका थिए। अचानक पेटीबाट हिँड्दै आइरहेका दुई जना मान्छेले
उनको गुप्तांग च्याप्प समाए। उनी झसंग तर्सिए। केही बोल्नै सकेनन्। पछि
उनीहरू तेस्रोलिंगी भएको पत्तो पाए। ठमेल छेउछाउ यौन व्यवसाय चलाउने उनीहरू
यसै गरी धेरैलाई झसंग पार्छन्। उनीहरूका यस्ता कामदेखि बटुवा तथा स्थानीय
हैरान भइसके। ठमेलको सञ्चयकोष भवन तथा भगवतीबहाल आसपासमा यस्ता तेस्रोलिंगी
यौन व्यवसायीहरू रातमा छ्यापछ्यापती भेटिन्छन्। बेलुकी ९ नबज्दै कडा
मेकअपसाथ उनीहरू त्यहाँ भेला भइसक्छन्। विभिन्न हाउभाउ गरी ग्राहक तान्न
खोज्छन्। ठमेल उनीहरूको ग्राहक खोज्ने प्रमुख अखडा हो। सडकपेटीमा भेटिने जो
कोही पुरुषको गुप्तांग छोइदिने उनीहरूको ग्राहक आकर्षित गर्ने एउटा शैली
हो।
महिला यौन व्यवसायी र तेस्रोलिंगी यौन व्यवयायीको …व्यापार'मा केही
फरक छ। तेस्रोलिंगीका ग्राहक विशेष हुन्छन्। थोरै पनि हुन्छन्। भाउमा पनि
केही अन्तर छ। महिलाको भन्दा तेस्रोलिंगी तथा समलिंगीको केही सस्तो हुने
गरेको नियमित ग्राहक बताउँछन्। उनीहरूका केही नियमित ग्राहक चिल्ला गाडीमा
समेत आउँछन्। अँध्यारोमा गाडी रोकेर मोलमोलाइ गर्नेबित्तिकै गाडीमै राखेर
लान्छन्। उनीहरूका ग्राहक समलिंगी धेरै हुन्छन्। उनीहरूले ठमेललाई मुख्य
क्षेत्र बनाउनुको प्रमुख कारण यही हो। 'कति धनाढ्यका छोराछोरी परिवारका अघि
खुल्न सक्दैनन्, राती ठमेलमा डान्स गर्न जाने भन्दै हामीलाई होटलमा लिएर
रमाइलो गरेर घर फर्किन्छन्,' ठमेलमा भेटिएकी जस्मिनले भनिन्। उनका एक जना
नियमित ग्राहक छन्। त्यसकारण उनले अरू ग्राहक खोज्न जरुरी छैन। सोमवार पनि
उनी तिनै ग्राहकलाई ठमेलको केशरमहलअगाडि कुरिरहेकी थिइन्।
केटीसँग
मोलमोलाइमा महँगो पर्ने भएपछि तेस्रोलिंगीहरूसँग रमाइलो गरेर चित्त बुझाउने
ग्राहक पनि हुन्छन् । प्रायः तेस्रोलिंगीहरू बाहिर जानभन्दा आफ्नै कोठा
सुरक्षित ठान्छन्। ‘हाम्रो कोठामा गए ग्राहकलाई पनि सस्तो पर्ने र कसैको
टेन्सन पनि नहुने,’ ठमेलमै भेटिएकी रोमीले भनिन्।
केही वर्Èअघिसम्म
तेस्रोलिंगी यौनकर्मी काठमाडौ“का ठमेल र रत्नपार्कमा मात्रै खुम्चिएका थिए।
तर, संख्या बढेस“गै उनीहरू राजधानीका विभिन्न Ôेत्रमा फैलिएका प्रहरी
बताउँछ। प्रहरीका अनुसार ठमेल, नया“बजार, जमल, लैनचौर, रत्नपार्क, वीर
अस्पताल, खुलामञ्च, चाबहिल, नया“ र पुरानो बसपार्क उनीहरूका ग्राहक खोज्ने
स्थान हुन्। त्यसमध्ये ठमेल र रत्नपार्कलाई उनीहरूले स्थायी अखडाकै रूपमा
लिने गरेको महानगरीय प्रहरी परिसरका डीएसपी भीमप्रसाद ढकाल बताउँछन्।
ठमेलबाहेकका क्षेत्रमा रात्री चहलपहल नभएकाले पनि उनीहरू अबेरसम्म
बस्दैनन्। ‘उनीहरूलाई कसैले डिस्टर्ब गरेमा वा उनीहरूले कसैलाई डिस्टर्ब
गरेको पाएमा मात्र समाउने गरेका छौँ,’ डीएसपी ढकालले भने, ‘हामीले एक रात
समाएर यो समस्या समाधान हुँदैन। यसबारे सम्बद्ध निकायले नै दिगो समाधान
खोजिदिए हुन्थ्यो।’
ग्राहकको नो टेन्सन
‘हामीसँग
यौन सम्पर्क गर्न रुचाउने ग्राहकको कमी छैन। तर, कसैले थाहा पाए नराम्रो
हुने ठानेर सम्पर्कमै आउन चाहँदैनन्,’ सुबी भन्छिन्। उनका अनुसार धेरैले
…वाइल्ड टेस्ट' भन्दै मज्जा लिन्छन्। एक नियमित ग्राहकका अनुसार उनीहरू
पुरुष यौनांग असाध्यै रमाई–रमाई चलाउँछन्। यौन सम्पर्क भने अँध्यारोमा
मात्रै गर्न चाहन्छन्। बत्ती बाल्न दिँदैनन्। खास गरी आफ्नो यौनांग अरूले
देख्लान् भनेर। त्यसमा उनीहरू छुन पनि दिँदैनन्। महिनामा कम्तीमा एक पटक
तेस्रोलिंगीसँग रात बिताउने उनी भन्छन्, ‘सफासुग्घर भए त साह्रै मज्जा
हुन्छ। त्यो मज्जा आफ्नै श्रीमतिबाट पनि पाउन सकिन्न।’
मुखमैथुन (ओरल
सेक्स) मा रुचि राख्ने र श्रीमतीसँग असन्तुष्टहरू उनीहरूका मुख्य ग्राहक
हुन्। आएका ग्राहकमध्ये अधिकांश विवाहित पुरुÈ हुन्छन्। ‘ओरल सेक्स मन
पराउने तर श्रीमतीबाट त्यो इच्छा पूरा गराउन नसक्नेको संख्या यो शहरमा धेरै
ठूलो छ,’ तेस्रोलिंगीबारे अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका
विद्यार्थी विजय चन्द भन्छन््, ‘त्यस्तो कुण्ठा पाल्नेहरू नै उनीहरूका
प्रमुख ग्राहक हुन्।’
ठमेलका व्यवसायीको गुनासो
तेस्रोलिंगी
यौनकर्मीहरूको मुख्य केन्द्र हो ठमेल। दिनमा मात्र नभएर रातमा पनि
देशी–विदेशीको चहलपहल हुने भएकाले ठमेललाई आधार मान्छन् उनीहरू। तर,
उनीहरूको त्यो धन्दादेखि वाक्क भएका छन् ठमेलका व्यवसायी। ठमेल पर्यटन
विकास परिषद्का अध्यक्ष रामशरण थपलिया त उनीहरूले ठमेललाई दुर्गन्धित
पारेको आरोप लगाउँछन्। ‘प्रमुख पर्यटकीय केन्द्र नै यस्तो भयो भने विदेशीले
नेपाललाई कसरी चिन्छन्? त्यो आफैँ अनुमान लगाउन सकिने कुरा हो,’ उनले भने,
‘हामीले तेस्रोलिंगी, समलिंगीसँग बसेर धेरै पटक छलफल गरिसक्यौँ। तर,
उनीहरू जतिभन्दा पनि आफ्नै तालमा फर्किहाल्छन्।’ विभिन्न उपसमिति नै बनाएर
उनीहरूलाई धपाउन जनशक्ति परिचालन गरेको उनले बताए। 'उनीहरूसँग छलफल गर्दा
जहिले पनि पहिचान चाहियो भन्छन्,' उनले भने, 'यसरी सडकमा रमिता देखाएर माग
सुनुवाइ हुन्छ? सडकमा नांगिएर पहिचान मिल्ने हो र? त्यो त राज्यलाई दबाब
दिन सक्नुपर्योर नि।’
दिनमा कुमार रातमा कुमारी
अहिले
देशमा सबै पहिचानको खोजीमा छन्। पहिचानको राजनीति पनि सुरु भइसकेको छ।
तेस्रोलिंगी समुदाय पनि पहिचानको खोजीमा छ। शिक्षा, अवसर, रोजगारी,
सम्मानपूर्वक बाँच्न पाउने अधिकारजस्ता सारा चिजबाट वञ्चित छ यो समुदाय।
रत्नपार्क, ठमेलतिर ग्राहकको खोजीमा रहेका तेस्रोलिंगी यौनकर्मीहरू भन्छन्,
'हामीलाई पनि तमासा देखाउन मन छैन। तर, बाँच्नलाई अर्को कुनै बाटो छैन।'
अम्मर जीसीले उनीहरूको दुनियाँ नियाल्ने कोसिस गरेका छन्।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses