ससुराल गएका वाइसीएल कार्यकर्ताको हत्या

काठमाडौं । एमाओवादी समर्थित वाइसीएल कार्यकर्ता पहलमान तामाङ (पवन) को शुक्रबार राति धादिङमा हत्या भएको छ ।
काठमाडौंको मित्रनगरमा अस्थायी बसोबास गर्दै आएका वाइसीएल सदस्य तामाङ धादिङ्गको सेमजोङ गाविस-६, टीकाढुंगामा ससूराली घरमा बसिरहेका बेला एक्कासी हवाइफायर समेत गरी सुनियोजित हत्या गरिएको वाइसीएल नेता रामप्रसाद सापकोटा दीपशिखाले जनाएका छन् । मृतक तामाङको स्थायी घर नुवाकोट, सामरी गाविस-९ परमाचेत गाउँमा पर्छ ।
तामाङको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न सापकोटाले विज्ञप्तिमार्फत् जनाएका छन् । काठमाडौंबाटै पिछा गरेको गुण्डाहरुको समूहले उनको हत्या गरेको सापकोटाद्वारा शनिबार जारी विक्तप्तिमा जनाइएको छ ।
सापकोटाद्वारा जारी वक्तव्यमा हत्यामा संलग्न भन्दै धादिङ र नुवाकोटका ७ जनाको नामसमेत उल्लेख गरिएको छ । उनीहरुलाई खोजेर प्रहरीमा बुझाउन देशभरका वाइसिएललाई सापकोटाले आग्रहसमेत गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.