‘बर्दी बेचेर एक पैसा कमाएको छैन’

रमेश खरेल, एसएसपी
एक पटक पनि काठमाडौको प्रमुख हुन नपाएका थुप्रै प्रहरी अधिकृत छन । तपाई त दोहोरयाएर पो आउनुभयो । साथीहरुको हक खोस्नुभयो त ?
छैन । मैले कसैको हक खोसेको छैन । म यहाँ मेरो चाहनाले दोहोरिएर आएको पनि हैन । एक वर्षअघि पनि काठमाडौ जानुपरयो भन्ने प्रस्ताव आउँदा आफैँले हुन्न, दोहोरयाएर जान्न भनेर बसेकै हुँ ।
भनेपछि संगठनलाई नै तपाईबाहेक अन्य एसएसपीमाथि विश्वास रहेनछ ?
त्यस्तो होइन । संगठनमा अन्य सक्षम प्रहरी अधिकृत प्रशस्तै छन । मलाई नै किन पठाएको हो, त्यो संगठनले नै जान्ने विषय परयो ।
खरेलमा त्यस्तो के छ, जो अरुमा छैन ?
यो म आफैँले कसरी भन्नु र खै ? यसमा अरुले नै मुल्यांकन गर्दा बेस होला । म यो चाहिँ भन्छु बर्दी लगाउँदा खाएको कसमबाट म एक इन्च पनि दायाँ बायाँ हुन सक्दिनँ, भएको छैन र हुन्न ।
बर्दीसँगै खाने त्यो कसम चाँहि के हो ?
ठ्याक्कै सबै शब्द त याद छैन । तर, सारमा संविधान,राजतन्त्र र जनताप्रति बफादार भएरकामगर्छु भनेर कसम खानुपथ्र्यो ।
साह्रै घामड प्रहरी अधिकृत हुनुहुन्छ रे तपाई ?
मेरोबारे कसले कुन शब्द प्रयोग गर्ने भन्ने त्यो उसैमा भर पर्ने विषय हो । यो मेरो क्षेत्राधिकार पनि हैन । तर, म आफुलाई घामड हैन प्रतिबद्ध व्यक्ति भन्न रुचाउँछु । ऐन, कानुन नै नमान्ने, आफुले चाहेअनुसार को काम मात्रै ठीक हो भन्ने घामडहरुका लागि भने म घामडै हो । कानुनबाहिरगएर गर्ने कामसँग कुनै सर्तमा स्वीकार गर्न सक्दिनँ । सायद त्यसैले यो उपमा पाएको पो हुँ कि ?
घमण्डी त हो नि तपाई ?
कानुनबाहिर गएर निर्णय गर्दिनँ । निर्णय गरिसकेपछि सम्झौता गर्ने बानी छैन । म यसलाई अडान भन्छु । यो नै मेरो शक्ति पनि हो । अरुलाई यही ‘कस्तो रहेछ एउटा भनेको पनि नमान्ने घमण्डी’ भन्ने लाग्न सक्छ । तर, त्यस्तो हैन ।
प्रहरी भनेको चेन अफ कमान्डमा चल्ने संगठन परयो । तर तपाई त आफुभन्दा माथिको अधिकारीले भनेको मान्नुहुन्न, आफुलाई जे मन लाग्यो त्यही गर्नुहुन्छ रे ?
म आफुलाई जे मन लाग्यो, त्यो गर्दिन । मैले लगाएको बर्दीले जे गर्नुपर्ने हो , त्यो मात्रै गर्छु । म चेन अफ कमान्ड पनि मान्छु । तर, चेन अफ कमान्डमार्फत आउने निर्देशन कानुनभित्रको हुनपरयो । मैले बर्दी लाउँदा खाएको कसमले कानुनबाहिरको काम गर्न दिएको निर्देशन  पालना गर्नुपर्छ भन्ने छैन ।
के गर्दा चर्चामा आइन्छ त्यहीमात्रै काम गर्नुहुन्छ रे नि ?
त्यस्तो हैन । म पहिले नै यो काम चर्चामा आउँछ, यो आउँदैन भनेर कहिल्यै काम गर्दिनँ । त्यो आरोपमात्रै हो । काम गरेपछि चर्चा हुन्छ भने त्यो मेरो दोष हैन ।
कार्यालयमा भेट्न आउनेलाई पक्राउ गर्नहुन्छ । नेताले फलानालाई छुटाउन दबाब दियो भनेर आफैँ सुचना लिक गर्नुहुन्छ । यी चाहीँ के हुन त ?
त्यो बलराम सापकोटाको घटना संकेत गर्नुभएको होला । क्यासिनोमा नेपालीलाई जुवा खेलाउने , एक लाखको दैनिक १० हजार रुपैयाँ व्याज लिने अनि व्याज बुझाउन नसकेपछि गुन्डाहरु लगाएर अर्काको घरखेतै खाने त्यस्तो अपराधी मलाई भेट्न आउँदा म नमस्कार गर्न सक्दिँन । उसको ट्«याक रेकर्ड को आधारमा पक्राउ गरेको हुँ । त्यस्ता अरुलाई पनि पक्राउ गर्छु । आएको दबाबबारे आफैँले लिक गरयो भन्ने चाहीँ सत्य हैन ।
यी सबै काम आईजीपी हुनका लागि हो भन्ने विश्लेषण पनि सुनिन्छ । आईजीपी पदकै लागि हो त यी सबै ?
ढाँटेर काम छैन । जुन दिन मैले प्रहरी निरीक्षकको बर्दी लगाएँ, त्यही दिन म एक दिन यो संगठनको प्रमुख बन्छु भनेर कसम खाएको हो । अहिले पनि त्यो टार्गेटबाट पछि हटेको छैन । । कानुनी रुपमा लायक भएसम्म त्यो मेरो हक पनि हो । तर, सबै काम आईजीपी हुनकै लागि गरेको भने हैन । मेरो अन्तरआत्माले जे गर भन्छ र मेरो जिम्मेवारीले जे गर्नुपर्ने हो, त्यही मात्र गरेको हुँ ।
एसएसपी बन्नै ठुलो लफडा भयो । डीआईजी, एआईजी हुनै बाँकी छ । आईजीपी बन्न सक्नुहुन्छ त ?
अहिले आएर हल्का शंका भने लाग्छ है । संगठनभित्र वृत्तिविकासका क्रममा केही विकृति छन । तिनले कतै मलाई रोक्छन कि भन्ने लाग्छ ।
तपाईको पहिलो निशाना नै नेताहरु ह्ुन्छन । उनीहरुकै सहयोगीलाई गुन्डा भन्दै पक्रेर थुन्नुहुन्छ । चार वर्षको कुरा त हो । अब सम्बन्ध सुधारे हुन्न ?
अडानसहित आईजीपी हुनु मेरो सपना हो । सम्झौता गरेर, आफ्नै आत्मा मारेर हैन । इमानलाई आईजीपी पदसँग साट्न पनि सक्दिनँ । मैले असल छविका नेताको आलोचना गरेको छैन । सबैलाई मैले खराब भनेको छैन । खराबलाई खराब भन्दा कोही रिसाउँछ भने मैले के गर्ने ? गुन्डालाई गुन्डा भनेको हुँ । निर्दोषलाई कारबाही गरेको हैन । कानुनको पालना नगर्नेलाई छाड्न सकिन्न ।
तपाईलाई मन पर्ने नेता पनि छन कि ?
छन, किन नहुनु ?
प्रसंग बदलौँ, वरिष्ठ प्रहरी अधिकृतको रुपमा आउने तलबले तपाईको खर्च धान्छ ?
अँह धान्दैन । त्यसले महिनाको त्यही १० दिनको खर्चमात्रै पुग्छ ।
तलबबाहेक एक पैसा अतिरिक्त आम्दानी छैन भन्ने दाबी गर्नुहुन्छ । तलबले आफ्नै खर्च पनि धान्दो रहेनछ । अनि, परिवारको खर्च कसरी चल्छ ? बाँकी २० दिन चाहीँ सपरिवार अनशन बस्ने ?
भाग्यले शिक्षित र जागिरे श्रीमती पाएको छु । उनी दुई ठाउँमा काम गर्छिन । तलब सकिएपछि उनीबाट खर्च लिन्छु । अन्नपात अहिले पनि उब्जनी हुन्छ । पैसै सकियो भने काभ्रेबाट आमाले आलु बेचेर भए पनि पठाइदिनुहुन्छ ।
घरबाट खर्च आएन भने नि ?
हहाहा…त्यस्तो हुन्न । समझदार छ मेरो परिवार ।
अनि काठमाडौमा डेरामा बस्ने हो ?
घर छ मेरो ।
खर्चै नधान्ने तलबले घर चाहिँ कसरी बनाउनुभयो त ?
म किसानको छोरो हुँ । तर, प्रशस्त जग्गाजमिन भएको । त्यसमा पनि प्रहरी संगठनमा प्रवेश गरेपछि साढे तीन वर्ष संयुक्त राष्ट्रसंघीय मिसनमा काम गरेर दिनको १ सय ५० डलरसम्म कमाएँ । त्यहाँबाट राम्रै पैसा आयो । त्यसले जीवन अगाडि बढाउन आर्थिक संकटबाट जोगाएको छ ।
देखिने खरेल र वास्तविक खरेलमा ठुलो भिन्नता छ, सानोतिनो रकममा आँखा लाउँदैन, मोटो रकम छाड्दैन भन्ने पनि सुनिन्छ ।
यदाकदा मैले पनि यस्तो टिप्पणी सुन्ने गरेको छु । ढाँटेर काम छैन । चाडबाडमा कसैले कर गरेर दिएको दुईचार बोतल ह्विस्की लिइयो होला । तर, बर्दी बेचेर एक पैसा पनि कमाएको छैन । यो विषयमा म जोसँग पनि च्यालेन्ज गर्न सक्छु ।
विवादमा नआउने गरी पैसा कमाउँ आफु र परिवार आर्थिक रुपमा सुरक्षित बनूँ भन्ने लाग्दैन ?
घमण्डै गरेको चाहिँ हैन । मेरो पारिवारिक पृष्ठभूमि हिजो पनि दुधभात खान सक्ने हैसियतको थियो, आज पनि त्यो हैसियतका लागि इमान नै दाउमा लगाउनुपर्ने अवस्था छैन । भोलि पनि खरेललाई दूधभात खान संकट पर्दैन । मैले न सुन खाने हो, न पैसाको बिटो । खाने भात नै हो । भात खान दायाँ बायाँ गर्नुपर्ने बाध्यता छैन ।
अरुले टन्नै कमाइसके, आफुचाहिँ इमानदार भएर जोगी हुनुपर्ने भन्दै परिवारबाट कमाइ गर्न दबाब आउँदैन ?
आउँछ… पक्कै । अरुको वैभव देखेर परिवारबाट कहिलेकाहीँ हैन के गरेको यस्तो, पैसा त चाहिन्छ नि भन्ने गुनासा आउँछन । तर, सम्झाउन सक्नुपर्छ । त्यो ठुलो समस्याको विषय हैन । सम्झिन्छन ।
शुक्रवार साप्ताहिक
हेर्नुस् भिडियोमा भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.