भुतघरमा तर्साएको देखेर प्रहरी र सरकारी टोलीसमेत हैरान, बल्ल बिक्यो घर

रातदिन भुतले तर्साउने घर जतिसक्दो चाँडो छोड्न तपाई आतुर हुनुहुन्छ होला । तर अमेरिकाको एउटा भूत खरिद गर्न आतुर व्यक्तिले अन्ततः घरलाई आफ्नो बनाएका छन । अमेरिकाको  गेरी शहरको सो घर खरिद गर्ने व्यक्ति हुन, जाक बगान्स ।‘गोस्ट एड्भेन्चर’ नामक अमेरिकी टेलिभिजन च्यानलको रियालिटी शोका सञ्चालकसमेत रहेका उनले भूतप्रेतसम्बन्धी थप जानकारी हासिल गर्ने उद्देश्यले घर खरिद गरेको बताएका छन । उनले ३५ हजार अमेरिकी डलरमा भुतघर किनेका हुन ।
घरमा भुतप्रेतलाई शान्त गर्न चर्चका पुजारीहरुले शान्ती प्रार्थना गरेका थिए । प्रार्थना र टुनामुनापछि पनि भूतप्रेतले घर नछाडेपछि सरकारी टोलीले घरको अनुसन्धान गरेको थियो । घरभित्र हुने अनौठा घटना देखेर अनुसन्धान टोली जिल्लिएको थियो समाचारमा भनिएको छ ।
सन २०११ म घर भाडामा लिएर बस्ने लाटोया आमोन्स उनकी आमा र तीन सन्तानले भुतप्रेतले सास्ती दिएको भन्दै सरकारी निकाय गुहार मागेकी थिइन । घरका पाँचै जनाले भुत देखको, सिँढीमा भुतको पदचाप सुनेको, पाइलाको छाप भुइँभरि देखिने गरेकाले आफूहरु भयभीत भएको गुनासो गर्थे । त्यही घर जाकले खरिद गरेका हुन । एक पटक त ओछ्यानमा निदाइरहेकी कान्छी छोरी ओछ्यानमाथि हावामा तैरिरहेको अवस्थामा फेला परेपछि घरका सबै असाध्यै डराएका थिए, समाचारमा भनिएको छ ।
त्यसपछि लाटोयाको परिवारले प्रहरी, बालकल्याणसम्बन्धी काम गर्ने कर्मचारी र पुरेतको सहयोग लिएका थिए । घरको अनुसन्धान गर्न पुगेको प्रहरीको उपकरण घरको केही ठाउँमा काम नलाग्ने भएको थियो । कतिपय तस्वीरमा दृश्य कैद भएको थिएनन् । प्रहरी अधिकारी पनि हैरान भएका थिए, अमेरिकी पत्रिका इन्डिस्टारले खबर प्रकाशित गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.