बढ्दो मुटुरोग र हृदयघात बाट बच्ने उपाय

मुटु रोग विश्वव्यापी रुपमा पुरुष तथा महिला दुवैको मृत्युको प्रमुख कारक बन्न गएको छ । हरेक देशमा स्वास्थ्य सेवाका सुविधा, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक–फरक हुने हुँदा मृत्युको कारण पनि फरक हुने गर्छन । यसका लक्षण के के हुन्छत यस बिषयमा हामीले पनि जान्न जरुरी छ । हृदयाघात भएका बेला त्यसका लक्षण करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहनसक्छ । हृदयाघात हुने बेलामा सामान्यतया छातिमा असजिलो हुने, रक्तचाप बढ्ने, सबै छाति गह्रुँगो भएको महसुस हुने र छाति दुख्ने हुन्छ । पाखुरा वा छातिको करङको तल्लो भाग दुख्ने अथवा दुखाई सर्दै गएर पिठ्यूँ, बँगारा, गर्धन अथवा हाततिर पुग्ने वा समग्रमा सबैतिर दुख्ने, अपच हुने, श्वास फेर्न गा¥हो भएको महसूस हुने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, झुम्म लागेजस्तो हुने, कमजोरी हुने, बेचैनी हुने, स्वाँस्वाँ बढ्ने र मुटुको धड्कन छिटोछिटो हुने वा अनियमित हुने जस्ता लक्षण देखा पर्छन् । यदीयसो जेसुकै भएपनि यदि तपाईलाई हृदयाघात भएको शंका भएमा तत्कालै हृदयरोग उपचार केन्द्रमा सम्पर्क गर्नुपर्छ । साथै त्यस अवस्थामा एक ट्याब्लेट एस्पिरिन (३०० मि. ग्रा.) बिरामीलाई तत्कालै ख्वाइदिनु पर्छ । तत्कालै गरिएको उपचार बिरामीको मुटुमा धेरै हानी हुनुबाट जोगाउने एक उपयुक्त तरिका हुनसक्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.