यशराज ब्यानरको ३ फिल्ममा कपिल


सानो पर्दामा दर्शकलाई हसाँएर चर्चामा आएका कमेडिएन कपिल शर्मा अब ठूलो पर्दामा पनि जम्ने तयारीमा छन् । उनले हालै मात्र यशराज ब्यानरको नयाँ ३ सिनेमामा संझौता गरेका छन् । उनले यशराज ब्यानरको साथमा पहिलो फिल्म ‘बैंक चोरी’मा मुख्य भूमिका निर्वाहा गर्नेछन् । यो यशराजको वाई फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । यशराज परिवारको सदस्य बन्न पाउँदा आफूलाई निक्कै खुशी लागेको कमेडियन कपिलले जनाएका छन् । उनले यो सिनेमाका लागि आफूलाई निक्कै मिहिनेत गर्नुपर्ने बताउँदै भूमिका निक्कै चुनौतीपुर्ण भएको जनाए । ‘बैंक चोरी’ एउटा कमेडी फिल्म हो । जहाँ तिन मुर्ख व्यक्तिहरु विभिन्न तबरले बंैक लुट्ने योजना बनाउँछन् । तर उनीहरुको हर काम गलत हुन जान्छ । यो सिनेमाबाट कपिलले दर्शकलाई हसाउँने अपेक्षा गरिएको छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.