टोकियोमा भारी हिमपात, तीनसय बढी हवाई उडान रद्द

२५ माघ, टोकियो । जापानको राजधानी टोकियोमा भएको भारी हिमपातका कारण त्यहाँ शनिबार कम्तीमा पनि ३०० उडान रद्द गरिएको समाचार छ ।

त्यस्तै हिमपातका कारण टोकियोमा रहेको रेलसेवा पनि अवरुद्ध भएको छ । सडकमा हिमपात भएकोले अन्य सवारी साधन पनि गुड्न सकेका छैनन् । जापानको मौसमसम्बन्धी एजेन्सीहरुले थप हिमपातको सम्भावना रहेको भविष्यवाणी गरिरहेका छन् । जसका कारण कार्यालय तथा विद्यालयहरु पनि बन्द भएका छन् ।
दुई दिनयतादेखि हिमपात बढीरहेको छ । जसका कारण कम्तीमा पनि ३८ जना नागरिक घाइते भएकमा छन् । शनिबार बिहान राजधानी टोकियोमा चार सेन्टीमिटर हिमपात भएको मापन गरिएको थियो । उक्त हिमपातको क्रम विस्तारै जापानको पूर्वी भागतर्फ गइरहेको पनि बताइएको छ ।ं
टोकियोमा रहेका व्यवसायीहरुले आ-आफ्ना पसलबाहिर रहेको हिउको थुप्रोहरु सफा गरिरहेका दृश्यहरु विभिन्न स्थानीय टिभीहरुले पशारण गरिरहकेा छन् । टोकियोमा रहेको हानेदा विमानस्थलमा सयौँ नागरिक विमान कुरेर बसिरहेका दृश्यहरु पनि प्रशारण गरिरहेका छन् ।
शनिबार पनि अपरान्हमा भारी हिमपात हुनसक्ने अनुमान मौसमसम्बन्धी एजेन्सीहरुले गरिरहेका छन् । हिमपातपछि कम्तीमा पनि २० सेन्टीमिटरसम्म नै हिउँ जम्मा हुन सक्ने अनुमान गरिएको छ । रासस/एपी

0 comments

Write Down Your Responses

Powered by Blogger.