आर्सनलको पोष्टमा लिभरपुलको ५ गोल

इंग्लिस पि्रमियर लिग फुटबलमा लिभरपुलले आर्सनललाई पराजित गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले आर्सनललाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पहिलो मिनेटमा मार्टिन स्कर्टलको गोलबाट अग्रता लिएको थियो । उनले १० औं मिनेटमा अग्रता दोब्बर पारे भने १६ औं मिनेटमा स्टलिंङले गोल गरे ।
२० औं मिनेटमा स्टर्डिजले गोल गरेपछि लिभरपुलले खेल सुरु भएको २० औं मिनेटमा ४ गोलको अग्रता लिएको थियो । खेलको ५२ औं मिनेटमा स्टलिंङले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल ५-० को अग्रता लिन सफल भयो ।
खेलको ६९ औं मिनेटमा लिभरपुलका कप्तान जेरार्डले डि बक्स एरियामा फल गरेपछि आर्सनलले पेनाल्टी पायो । अर्टेटाले पेनाल्टीमा गोल गरेपनि सान्त्वना मात्र बन्न सक्यो । खेलमा थप गोल भएन र लिभरपुल ५-१ ले विजयी भयो ।
जितपछि लिभरपुलको २५ खेलबाट ५० अंक भएको छ भने शीर्ष स्थानमा रहेको आर्सनलको ५५ अंक छ । तर, शनिबार राति नै हुने खेलमा म्यानचेष्टर सिटी र चेल्सीले आ-आफ्नो खेल जिते आर्सनल तेस्रो स्थानमा झर्नेछ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.