एक किलोमिटर सडक बनाउन १ करोड खर्च


११ फागुन, दार्चुला । दार्चुलाको खलङ्गा खार सडकखण्डमा एक किलोमिटर सडक निर्माण गर्न एक करोड रुपैयाँ खर्च भएको छ । ग्रामीण विकेन्दि्रत पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (डरिलिप) अन्तर्गत सञ्चालित सो सडकको एक किलोमिटर भाग खन्न एक करोड रुपैयाँभन्दा बढी खर्च भएको हो । हिमाली क्षेत्रको सडक खन्न कठिन भएको कारण लागत बढी भएको बताइएको छ । निर्माणाधीन खलङ्गा खार सडकखण्डको दोस्रो चरणको निर्माण कार्य गर्न तीन ठेकेदार कम्पनी र दुईवटा उपभोक्ता समितिलाई जिम्मेवारी दिइएको छ । यस खण्डको सडक निर्माणका लागि ११ करोड ४२ लाख रुपैयाँलागत अनुमान गरिएको छ । यसअघि पहिलो चरणमा यो सडकखण्डमा डरिलिपकै १३ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो । यो रकमको अनुपातलाई हेर्दा एक किलोमिटर सडक खन्न एक करोड नाघेको छ । यस सडकखण्डमा यसअघि आरसिआइडब्लु खाद्यका लागि कार्यक्रममार्फत बजेट खर्च भएको थियो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.