अब बच्चाको ‘आची’बाट स्वास्थ्यबर्द्धक ससेज

तपाईले घरमा वा रेष्टुँरामा सेसज धेरैपटक खानुभएको छ होला । तर, के तपाईले कहिले सोच्नुभएको छ कि, बच्चाको आचीबाट यस्तो स्वादिष्ट ससेज तयार हुन्छ ? यो कुनै कल्पनाको कुरा हैन, हालै बैज्ञानिकहरुको एक समूहले लामो अध्ययनपछि निकालेको निष्कर्ष हो ।
स्पेनका बैज्ञानिकहरुले बच्चाको आचीमा पाइने ब्याक्टेरियाको प्रयोग गरी स्वास्थ्यबर्द्धक सेसज बनाउन सकिने तथ्य पत्ता लगाएका छन् । ससेजमा स्वास्थ्यका लागि लाभकारी ब्याक्टेरिया हुन्छन् । कतिपय मासुमै यस्ता ब्याक्टेरिया पाइन्छन भने कतिपय उत्पादनका बेला त्यसमा थपिन्छ । लाभकारी ब्याक्टेरियाको सन्तुलित प्रयोगले दीघार्य हुने र क्यान्सरजस्ता रोग लाग्न बचाउने तथ्य बिभिन्न समयमा भएका अनुसन्धानबाट पत्ता लगेको छ । अध्ययनका क्रममा बैज्ञानिकहरुले ४३ बच्चाको नमुना प्रयोग गरेका थिए । मिट साइन्स जर्नलमा प्रकाशित उनीहरुको अनुसन्धान रिपोर्टमा अन्य ब्याक्टेरियाको तुलनामा ६ महिनाभन्दा कम उमेरका बच्चाको आचीमा पाइने ब्याक्टेरियाको प्रयोगबाट सेसज स्वादिष्ट भएको थियो । अनुसन्धानकर्ता जोफि्रले भने-’हामीले ती ससेज खायौं, निकै स्वादिष्ट थिए ।’
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.