अण्डरवेयर प्रतिवन्धविरुद्ध महिलाहरु सडकमा उत्रिए

लेसयुक्त अण्डरवेयरमाथि प्रतिवन्ध लगाउने सरकारी निर्णयको बिरोधमा काजकिस्तानमा प्रर्दशन भएको छ । खासगरि महिलाहरु हातमा लेस भएको अण्डरवियर बोकेर प्रदर्शनमा उत्रिएका छन भने कतिले आफ्नो पुरानो कट्टु लगेर शालिकहरुमा लगाइदिएका छन् ।
रुसी नेतृत्वको कस्टम्स युनियनमार्फत काजकिस्तान, रुस र बेलारुसमा लेस भएको अण्डरवियरको उत्पादन, आयात र विक्रीमा रोक लगाईको छ ।
२०११ मा बनेको यो नियम आगामी जुलाई १ तारिखबाट लागू हुनेछ । यो नियम लागू भएमा तीन मुलुकका भित्री बस्त्र स्टोरमा रहेका करिव ९० प्रतिशत कपडा अबैधानिक ठहर हुनेछन् ।
राजधानी अल्माटीबाट पक्राउ परेका सातमध्ये एक महिला हातमा अण्डरवियर बोकेकी थिइन् । उनले यो आफ्नो लेस भएको अन्तिम अण्डरवियर भएको भन्दै चिन्ता जनाइन् ।
प्रहरीले उनीहरुलाई जरिवाना तिराएर मुक्त गरेको भएपनि कट्टु प्रतिबन्धविरुद्धको आक्रोश थामिएको छैन् ।
रबरको लेस भएको अण्डरवेयरले स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै तीन मुलुकले बनाएको युरासियन युनियनले दुई बर्ष अगाडी नै प्रतिबन्धको घोषणा गरेको थियो ।
दुई बर्षको समय दिँदा पनि कपडा उत्पादकहरुले यसलाई गम्भीर रुपमा नलिएको र सरकारी निर्णयलाई चुनौती दिन खोजेको भन्दै रसियाका एक मन्त्रीले जसरी पनि घोषणा कार्यन्वयन गरेरै छाड्ने कडा टिप्पणी गरेका थिए ।
सन् २०१० मा मात्र सुरु भएको युरासियन युनियनले सोभियत युनियन ब्युँताउन खोजेको चर्चा हुन थालेपछि त्यसको निर्णयका बिरोधमा महिलाहरु प्रर्दशनमा उत्रिएका हुन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.