अब प्रयोगकर्ताले नै ‘फेसबुक फिल्म’ बनाउन पाउने

आजकल सवैको फेसुबक वालमा फेसबुक फिल्म देख्न पाइन्छ ।
फेसबुकको दशौं जन्मदिनका अबसरमा फेसबुकले दिएको यो फिचरको प्रयोग गरेर सायद तपाईले पनि फिल्म बनाइसक्नुभयो होला अनि, वालमा पोष्ट गरिसक्नुभयो होला ।
फेसबुकले बनाइदिएको यो तयारी फिल्ममा सायद तपाईलाई चित्त नबुझेको हुनसक्छ । कतिपय महत्वपूर्ण क्षण छुटेको र कतिपय झारपात जस्ता लाग्ने क्षणलाई पनि समावेश गरेको तपाईलाई लागेको हुनसक्छ ।
धेरै प्रयोगकर्ताले यस्तै अप्रिय तस्वीरहरु आफ्नो फिल्मबाट हटाउन फेसबुकसमक्ष माग गरेका छन् ।
यो मागपछि फेसबुक अब ‘लुकब्याक मुभी’ सम्पादन गर्न सकिने बनाउँदै छ । अब तपाई कुनै तस्वीर त्यहाँबाट हटाउन वा कुनै छुटेको तस्वीरलाई थप्न सक्नुहुन्छ ।
फेसबुकले अहिले त्यो फिचर थप्ने गृहकार्य गर्दै रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अब तपाईले फेसबुक मुभीसँगै ‘इडिट युर मुभी’ बटन देख्नुहुनेछ, जसबाट तपाई फेसबुक फिल्म सम्पादन गर्न सक्नुहुन्छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.