तास खेल्ने १३ जना पक्राउ

तास खेलिरहेको अवस्थामा गएराति मोरङको उर्लाबारीमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्दि्रय सदस्य सहित १३ जना व्यक्ति पक्राउ परेका छन् ।

सुराकीको आधारमा राति ११ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले उर्लाबारी ६ बाट फोरम लोकतान्त्रिकका केन्दि्रय सदस्य उर्लाबारी ६ निवासी अर्जुन तुम्रोकसहित छन् । जुवा खेल्नेहरु उर्लाबारी ७ का सुबास तामाङ, गाँगीहाट ५ का कालु मियाँ, बेलबारी २ का विजय भट्टराई, बेलबारी ९ का हेमन्त खड्का, बेलबारी ३ का अनन्त सुवेदी, पथरी २ का गोपाल केसी, सन्तोष गुरुङ, झापा दमक १० का राजन सुवेदी, दमक १४ का काजी आचार्य, दमक ११ का विन्दास राई, दमक १० का देवान लिम्बू र इलाम चुलाचुली ४ का २९ को दिलीप लिम्बू रहेका छ् ।
प्रहरीले उनीहरुको साथबाट २ लाख ३५ हजार रुपैया समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई अहिले इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । उनीहरुलाई जुवा ऐन अन्र्तगत कारबाही अगाडी बढाउने मोरङ प्रहरीले जनाएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.