के छापियो शनिबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० माघ २५ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले संसदमै कांग्रेस र एमालेबीच विवाद भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

अन्नपूर्ण पोस्टले वैदेशिक रोजगारमा ८० अर्बभन्दा बढी कालो धन भएको खबरलाई मुख्य रुपमा छापेको छ भने नागरिक दैनिकले एम्बुलेन्स चालकले फोहोर हुन्छ भन्दै बिरामी नबोकेपछि बिरामीको अस्पतालनै नपुगी मृत्यु भएको खबरलाई मुख्य बनाएको छ ।

राष्ट्रपतिसामु नैतिक प्रश्न उठेको नयाँ पत्रिकामा मुख्य खबर छ भने राष्ट्रपति मुद्दाले कांग्रेस र एमाले टाढिँदै गरेको राजधानी दैनिकमा मुख्य खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.