नेपाली खेलाडीले जित्दा रमाए राष्ट्रपति !

चैत, काठमाडौं । विश्व कप क्रिकेटमा नेपाली खेलाडीले अफगानिस्तानलाई जितेकोमा राष्ट्रपति डा. रामवरण यादव खुशी देखिएका छन् । राष्ट्रपतिले शीतलनिवासमा अभिरुचिपूर्वक क्रिकेट खेल हेरेका थिए ।

नेपाल र अफगानवीचको खेल समापन हुनासाथ शीतलनिवास स्रोतले अनलाइनखबरसँग भन्यो- ‘नेपाली खेलाडीले जितेकोमा राष्ट्रपति खुशी हुनुभएको छ, उहाँले यसलाई ठूलो उपलब्धी भन्दै नेपाली खेलाडीको प्रशंसा गर्नुभयो ।’
माधव नेपालद्वारा खेलाडीलाई बधाइ
त्यसैगरी नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेपाली क्रिकेट खेलाडीलाई बधाइ ज्ञापन गरेका छन् ।
नेपालले जित्नासाथ विज्ञप्ति जारी गर्दै नेता नेपालले भनेका छन्-’बंगलादेशमा जारी ट्वान्टी ट्वान्टी विश्वकप कि्रकेट प्रतियोगितामा नेपाली खेलाडीहरुले प्रदर्शन गरिरहेको उत्कृष्ट प्रदर्शनबाट नेपाल आज सफलताको अर्को महत्वपूर्ण सिंढी चढ्न सफल भएको छ । नेपाली खेलाडीहरुको यस उत्कृष्ट प्रदर्शनबाट सिंगो नेपाली जनताका साथ खुसी हुन पाउँदा मलाई गौरवको अनुभूति भएको छ । यस उत्कृष्ट प्रदर्शनको लागि सम्पूर्ण नेपाली खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी प्रतियोगिताहरुमा समेत सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
नेपालको नामलाई कि्रकेटको माध्यमद्वारा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न नेपाली खेलाडिहरुले दिइरहनुभएको योगदानप्रति उच्च सम्मान प्रकट गर्दै खुसीको यस अवसरमा यस क्षेत्रको विकासमा नेपाल सरकार लगायत हामी सबैको यथेष्ठ ध्यान पुग्न सकोस् भनी ध्यानाकर्षण समेत गराउँछु ।
खुसीको यस क्षणमा नेपाली खेलाडीहरुलाई हृदयदेखि धन्यवाद र बधाईं ज्ञापन गरौं, एक आपसमा खुसी साटौँ र भविष्यमा पनि जितिरहने आधार तयार गर्ने प्रतिबद्धता गरौं ।

0 comments

Write Down Your Responses

Powered by Blogger.