८० बर्षे ‘क्यूट’ हजुरआमाका ८६ हजार ‘फ्यान’

सामाजिक सञ्जालमा कस्ता व्यक्ति लोकप्रिय हुन्छन् ? कस्ता व्यक्तिको फ्रेण्ड वा फ्यान रिक्वेस्ट बढी आउँछन् ? सोच्नुहोला, फिल्मका कलाकार, नेता वा सुन्दर चेहराका तन्नेरीहरु । तर, यो अनुमान गलत सावित गरिदिएकी छिन् यी हजुरआमाले ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रवेश गरेको दुई महिनामै ८६ हजारभन्दा बढी साथी बनाएर यी आमैले सबैलाई चकित पारिदिएकी छिन् ।
८० वर्षीया ब्याटी सिम्पसनलाई उनी आवद्ध सामाजिक सञ्जालका साथीहरुले सञ्जालकै सेलिब्रेटी भन्दै इन्स्टाग्रैनी नाम दिएका छन् । सञ्जालले पनि उनलाई सबैभन्दा सुन्दरी अर्थात् क्यूट’ हजुरआमा भन्ने गरेको छ ।
उनको  फ्रेण्डलिष्टमा अहिलेसम्म ८६ हजारभन्दा बढी व्यक्ति अटाइसकेका छन् । अचम्मको कुरो त यो छ कि उनी दुई महिनाअघि जनवरीमा मात्र यो सञ्जालकी प्रयोगकर्ता भएकी हुन् ।
क्यान्सरग्रस्त हजुरआमाको नाममा नाति ज्याक ब्याल्डनले अकाउन्ट खोलिदिएका हुन् । ब्याल्डनको भनाइमा हजुरआमाले सामाजिक सञ्जाल प्रवेश गरेपछि क्यान्सर रोगप्रति अन्य व्यक्तिमा सचेतना विस्तार भएको छ । हजुरआमाबाट धेरै सदस्यले प्रेरणा लिएको र क्यान्सरप्रति सजग हुन थालेको उनको विश्लेषण छ ।
सिम्पस्टन आफूलाई नातिले निकै माया गर्ने र उसले हजुरआमा गुमाउन नचाहेकोले आफ्नो अकाउन्ट बनाइदिएको बताउँछिन् । उसैले हजुरआमाको बाल्यकालदेखि अहिलेसम्म भोगेको अनुभव र समस्याहरु सामाजिक सञ्जालका सदस्यमार्फत् प्रवाह गर्दै आएको छ । ‘म निकै खुसी छु, किनकी मैले यति धेरै मान्छेको माया पाएँ’ उनी भन्छिन् ।
उनले हालै क्यान्सरविरुद्धको जागरुकतामा उक्त सञ्जालको भरपूर सदुपयोग गर्नुपर्ने आग्रहयुक्त पोष्टलाई उनका हजारौं साथीहरुले साथ दिएका छन् । उनले यस्ता प्रेरणादायी पोष्ट, फोटो र भिडियोमार्फत् हजारौंजनाको मन जितेकी छिन् । साथै, दिर्घ जीवनको सदिच्छा पनि उत्तिकै पाइरहेकी छिन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.