क्रिकेट खेलाडीलाई स्वागत गर्न मह जोडी विमानस्थलमा


हजारौ क्रिकेटका फ्यानहरु त्रिभुवन विमानस्थलमा नेपाली क्रिकेट टोलीलाई स्वागत गर्न पुगिरहँदा हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि घरमा बस्न सकेनन् । उनीहरु पनि दर्शकसँग विमानस्थल पुगे र ट्वान्टी ट्वान्टी विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाली राष्ट्रिय टोलीलाई स्वागत गरे । फेसबुकमा स्टाटस कोर्दै हरिवंशले क्रिकेटका फ्यानहरुलाई खेलाडीको स्वागत गर्न आग्रह गरेका थिए । २ बजे विमानस्थलमा अवतरण गरेको नेपाली क्रिकेट टोलीलाई शहर परिक्रमा गराइएको थियो ।
source:onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.