सौतेनी दिदीबहिनीको अनौठो संयोग, जन्मदिन, गर्भधारण र सुत्केरी एकै दिन

सामान्यतः सौतेला दिदीबहिनीमा माया प्रेम कम हुन्छ । उनीहरुवीच गहिरो प्रेम र मित्रताको खासै कल्पना गर्न सकिन्न ।
तर, २४ बषिर्या लिडिया क्रिस्पिन र २५ बषिर्य डान बाम्बरका हकमा भने यो अनुमान गलत हुन्छ ।
उनीहरु दुई एकदमै मिल्ने साथी त हुँदै हुन, जीवनका धेरै खुसीका पलहरु पनि एकै दिन पर्छन् ।

जस्तो, उनीहरुको जन्मदिन एउटै हो । उनीहरुले सँगसँगै जन्मदिनको उत्सव मनाउँछन् । उनीहरुलाई यो अनुमानसम्म थिएन की जिन्दगीका आगामी मोडमा खुसीका पलहरु पनि यसैगरि सँगै मनाउन पाइने छ ।




लिनडियाले आफु गर्भवती भएको खवर सवैभन्दा पहिले आफ्ना पतिलाई सुनाइन् । लगत्तै जब उनले डनलाई यो खवर सुनाउन फोन गरिन तव उनले पनि आफु गर्भवती भएको समाचार सुनाइन् । बर्थडे मात्र हैन प्रेगिनेन्स डे पनि सँगै परेकोमा दुवै जना दंग परे ।
चिकित्सकले दुवै दिदीबहिनीलाई सुत्केरी हुने मिति फरक-फरक दिएका थिए । तर, भगवानले उनीहरुलाई यो सौभाग्य पनि एकै दिन जुराइदिए । दिउँसो लिनडियाले बच्चा जन्माइन भने साँझ डनले ।
त्यतिमात्र हैन, दुवै जनाले छोरीलाई जन्म दिए । उनीहरु अहिले आफ्ना छोरीको जिन्दगीमा पनि यस्तो संयोग जुरोस भनेर कामना गरिरहेका छन् ।
-डेलिमेल

0 comments

Write Down Your Responses

Powered by Blogger.