कट्टु नियम: जसले तपाइँका नानीबाबुलार्इ यौन शोषणबाट जोगाउँछ

तपाइँलार्इ भारतीय नायक अमिर खानले प्रस्तुत गर्ने सत्यमेव जयतेको एउटा भागमा प्रस्तुत गरिएको विषयबस्तु थाहा छ ? जसमा बालबालिकामाथि हुने दुर्व्यबहारसम्बन्धी मुद्दाबारे चर्चा भएको थियो । सत्यमेव जयतेको त्यो भागमा प्रस्तुत विषयबस्तुले छोरछोरीको सुरक्षालार्इ लिएर दर्शकको मनमा भुइँचालो ल्याइदिएको थियो ।

 सत्यमेव जयतेमा देखाइएको त्यो बिषयबस्तुले छोराछोरीको सुरक्षबारे बाबुआमालार्इ गम्भीर भएर सोच्न बाध्य पारेको थियो । लाखौं कोशिश गर्दा पनि आज हामी हाम्रा नानी बाबुहरू यो समाजमा सुरक्षित रहेको कुरामा ढुक्क हुन सक्दैनौ । नानीबाबुहरूले आफूमाथि हुने गलत ब्यवहारबारे राम्ररी सम्झन नसक्ने अवस्थामा बाबुआमाले छोराछोरीका समस्या सहजै बुझ्न सकिने अवस्था पनि हुन्न । कतिपय घटनाबारे नानीबाबुहरूले अभिभावकसँग खुलेर कुरा पनि गर्न सक्दैनन् ।
 तपाइँले सत्यमेव जयतेको त्यो एपिसोड हेर्नुभएको भए याद गरेको हुनुपर्छ एपिसोडको अन्त्यमा एउटा सदृश्य कक्षा चलाएर त्यसमा दुर्व्यबहारबाट बच्ने केही तरिका सिकाइएको थियो । सिकाइएका केही तरिका यस्ता रहेका छन् ।

नानीबाबुलार्इ दुर्व्यबहारबाट जोगाउन एनएसपिसिसी
बेलायतमा NSPCC नामक एक संस्था सक्रिय छ । जसले नानीबाबुहरूमाथि हुने दुर्व्यबहारका घटनाबाट जोगिने तरिकाबारे अभिभावकमा सचेतना जगाउँदैछ आएको छ । बच्चाहरूमाथि हुने गरेका हरेक प्रकारका शोषणको अन्त्य गर्नका लागि सक्रिय छ। बच्चाहरूलार्इ दुर्ब्यबहारबाट जोगाउन यो संस्थाले केही समयअघि PANTS सुत्र जारी गरेको हो ।
यस संस्थागका अनुसार कहना है कि आमाबाबुले साना छोराछोरीलार्इ यो सिकाउन जरूरी छ कि जुन अंगलार्इ ढाक्न भित्री लुगा लगाइन्छ, त्यो अंग उनको प्राइभेट अंग हो ।
संस्था का अनुसार नानीबाबुले यो नियम राम्ररी सम्झन सके भने यस्तो एउटा अवस्था बन्ने छ, जसले दुर्व्यबहारलार्इ गम्भीरतापूर्वक सम्झेर प्रतिक्रिया दिन सक्नेछन् । बेलायतमा धेरै अभिभावकले यो शुत्रलार्इ अपनाएर नानीबाबुसँग कुराकानी गरेका थिए । माथिको सुत्रअनुसार कुरा गर्दा केही यस्ता तथ्य पत्ता लाजे जुन यसअघि नानीबाबुले उनीहरूलार्इ यसअघि कहिल्यै भनेका थिएनन् ।
नानीबाबुलार्इ दुर्व्यबहारबाट बचाउने सरल तरिका
बालबालिकालार्इ दुर्ब्यबहारबाट जोगाउने यो नियम साह्रै सरल छ । यो PANTS शब्दको अक्षरमा आधारित रहेको छ । जसमा प्रत्येक अक्षरको एक खास तरिकाबाट जानकारी दिने कोशिस गरिएको छ । यो नियमबारे नानीबाबुलार्इ बुझाउन सके दुर्ब्यबहारबाट बचाउन फलदायी हुने विश्वसा गरिएको छ ।
P : प्राइभेट अंगबारे भनौं
कसैले प्राइभेट अंग देखाउन या छुन खोजेमा त्यसबारे नानीबाबुलार्इ ज्ञान दिनु जरूरी छ । अरू साथीहरूको प्राइभेट अंग छुन या हेर्न भनेमा त्यो कुरा पनि गलत हो भन्ने ज्ञान दिनुपर्छ । तर यहाँ निर नानीबाबुलार्इ एउटा कुरा बुझाउन भने भुल्नुहुँदैन । डाक्टर, नर्स र आमाबाबुले नानीबाबुका प्राइभेट अंग छुने या हेर्ने कुरा र अरूले त्यसो गर्ने कुराको भिन्नताबारे पनि ज्ञान दिन भुल्नुहुँदैन ।
A : ‘अल्वेज रिमेम्बर’ तिम्रो शरीर तिम्रैमात्र हो
नानीबाबुहरूलार्इ यो भन्नु जरूरी छ, उनको शरीर भनेको केबल उनको लागिमात्र हो, कोही अरूका लागि होइन । कोही कसैले नानीबाबुको शरीरको प्राइभेट अंग छोएर या देखेर असहज महसुस हुनुनपरोस । यदि कोही कसैले यस्तो काम गरिरहेको छ भने उसलार्इ रोक्ने अधिकार नानीबाबुमा हुन्छ । कसैले गलत मनासयले नानीबाबुको प्राइभेट अंग छुने या हेर्ने प्रयास गरेमा त्यसलार्इ रोक्नका लागि नानीबाबुका साथीहरू उनको नजिक जान सक्छन् ।
N : नो मतलब नो
अभिभावकहरू तपाइँका नानीबाबुलार्इ नार्इ भन्न सिकाउनुस् । उनीहरूले नार्इ भन्न जाने भने गलत काम हुन खोज्दा जोगिन सक्छन् । नानीबाबुले थाहा पाउन् कि आफूलार्इ कुनै पनि अवस्थामा कसैले दुर्व्यवहार गर्न खोजेमा वा नियन्त्रणमा लिन खोजे त्यो कामलार्इ रोक्ने प्रयास गरून् या ठूलो स्वरमा कराएर सहयोग माग्न सकुन् ।
T: टक अबाउट सेक्रेट (गोप्य कुराबारे बताउनुस्)
आफ्ना नानीबाबुलार्इ सही र गलत दुबै किसिमका अनुभब एक अर्कामा सेयर गर्ने बानीको विकास गर्न सिकाउनुस । गलत र सही कुरा सेयर गर्दा हुने अन्तरबारे पनि सम्झाउन नभुल्नोस
तपाइँका नानीबाबुलार्इ तपाइँसँग कुरा गर्न सहज महसुस होस भन्ने कुरा पनि बिर्सनुहुँदैन । उनलार्इ तपाइँले पूर्ण भरोसा दिएर उनको जीवनमा लुकेको राम्रो नराम्रो घटनासम्बन्धी कुरा भन्दा उनलार्इ गर्ने मायामा कुनै कमी नहुने कुरामा पनि विश्वास दिन सक्नुपर्छ ।
S: स्पिक अप, कसैले सहयोग गर्न सक्छ
नानीबाबुलार्इ यो कुरा बताउनुस कि कुनै पनि अफ्ठेरो अवस्थामा उनले तत्कालै मद्दत लिन सकुन् । अफ्ठेरो महसुस हुनेवित्तिकै केही नसोची सहयोग माग्न सकेमा नानीबाबुहरू दुर्व्यबहारबाट जोगिन सक्छन् । नानीबाबुलार्इ यति कुरा बुझाउन सके उनीहरूले जोसुकैसँग पनि सहयोग माग्न सक्छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.