१२१ प्रतिशत भत्ता नभए संसदका कर्मचारीले काम ठप्प पार्ने


काठमाडौं ।संविधानसभा-संसद सचिवालयका कर्मचारीहरूले दुई दिनभित्र आफूहरूलाई तलबभत्ताका अतिरिक्त १ सय २१ प्रतिशत भत्ता र दैनिक खाना-खाजा भत्ताबापत ५ सय रुपैयाँ दिन निर्णय नभए कामै ठप्प पार्ने चेतावनी दिएका छन् । कर्मचारी युनियनले सभामुख सुवास नेम्वाङ अध्यक्ष रहेको व्यवस्थापन समितिलाई शुक्रबार ज्ञापनपत्र दिई दुई दिनभित्र सुविधा वृद्धिको निर्णय नभए सोमबारदेखि संविधानसभा/व्यवस्थापिका सचिवालयको काम ठप्प पार्ने चेतावनी दिएको कान्तिपुर दैनिकमा खबर छ। सचिवालयका कर्मचारीहरूले संविधानसभा र संसद बैठक चलिरहेका बेला आफूहरूले दिनरात खटेर काम गर्नुपरिरहेको उल्लेख गर्दै निर्वाचन आयोगका कर्मचारीहरूलाई संविधानसभा चुनाव अवधिभर १ सय २१ प्रतिशत भत्ता र दैनिक ५ सय रुपैयाँ खाना खर्च दिएजस्तै सुविधा आफूहरूलाई समेत दिन माग गरेका हुन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.