वेश्यासँग मोज गर्दा श्रीमती आएपछि..

 कल्पना गर्नुहोस्, श्रीमती बाहिर गएको मौका छोपेर कुनै श्रीमानले घरमा  वेश्या बोलाएर मस्ती गरिरहेको हुन्छ । श्रीमती कुनै काममा बाहिर गएकाले  तत्काल घर नफर्किने कुरामा ऊ ढुक्क हुन्छ त्यसैले ऊ दोश्री केटीसँग  रासलिलामा डुबीरहेको हुन्छ । तर यदि सोही बेला त्

यस श्रीमती टुप्लुक्क  आइपुगिन् भने उक्त पुरुषले के गर्ला ? अवश्य पनि उक्त क्षण वर्णनै गर्न  नसकिने खालको होला । उक्त पुरुष लाजले रातोपिरो होला, स्वास्नीसँग माफी  माग्ला र अर्काको लोग्नेसँग सेक्स गर्न आएकी महिला सरी भन्दै फुत्त निस्केर  जालिन् । तर भारतमा भने यी तिनवटै कुराभन्दा बेग्लै घटना घटेको छ ।
एक  भारतीय पुरुषले घरमा एक वेश्यालाई घरमै बोलाएर यौनक्रिडा गरिरहेको बेला  अकस्मात श्रीमती आइपुगेपछि पाकक्रिडामा लिप्त ती वेश्याकै हत्या गरेका छन् ।  मुम्बइ नजिकैको परेल क्षेत्रमा एक अपार्टमेन्टमा बस्ने ती पुरुषले श्रीमती  घरबाहिर निस्केको मौका पारी ती व्यवसायिक यौनकर्मी महिलालाई घरमा बोलाएर  सेक्स गर्न लागेका थिए । तर सेक्समा मग्न भएको बेला घण्टी बजेपछि उनी गेट  खोल्न गए । उनले तल गेटमा जब श्रीमतीलाई देखे तब उनले ती वेश्यालाई तत्काल  श्रीमतीसँग नदेखिने गरी त्यहाँबाट निस्केर जान आदेश दिए । तर बिचरी ती  महिला कुन बाटोबाट जाउन् ? गेटबाट जाउन् भने श्रीमतीले देख्ने, जाने अर्को  बाटो थिएन । त्यसैले उनले आफु मुख्य गेटबाटै जाने अड्डी कसिन् । तर त्यसो  गर्दा श्रीमतीले चाल पाउने भएकाले पुरुषले ती वेश्यालाई झ्यालबाट फाल हालेर  तल र्झन अह्राए । ३ तलामाथिको झ्यालबाट फाल हाल्न ती महिलाले सक्ने कुरा  थिएन । त्यसैले उनले उक्त आदेश अस्विकार गरिन् । तर ती पुरुषले यौनकर्मी  महिलालाई जबरजस्त झ्यालबाट हुत्याइदिए । झ्यालबाट खसेपछि तल जमिनमा बजि्रएर  ती यौनकर्मी महिलाको ज्यान गयो । पहिले त ती पुरुषले ती महिला आफ्नो घरमा चोर्न  आएकी हुनसक्ने र उक्लिने क्रममा खसेर ज्यान गएको हुनसक्ने बताएका थिए । तर  उक्त घटनाको अनुसन्धान गर्दै जाँदा उनी आफैले घरमा यौनकर्मी महिला बोलाएको  र आफैले झ्यालबाट खसालिदिएको कुराको पोल खुल्यो

,

0 comments

Write Down Your Responses

Powered by Blogger.