भारतमा खुल्यो चिहान रेष्टुरेन्ट, मुर्दासँगै बसेर स्वादिलो भोजन
साहुजीहरु
आफ्नो रेष्टुरेन्ट चलाउन अनेक उपाय सोंच्छन् । किनकी आजकल स्वादिलो खानाले
मात्र रेष्टुरेन्ट चल्दैनन्, केही न केही नयाँपन दिनै पर्छ ।
भारतको अहमदाबादमा खुलेको एक रेष्टुरेन्ट भने सुन्दै डरलाग्दो छ । जहाँ तपाईले चिहानको छेउमा बसेर भोजन गर्नुपर्छ ।
चिहानमा बसेर भोजन गर्नुपरे पनि ग्राहकलाई
कुनै डर छैन, झनै रोमाञ्चकता महसुस गरिरहेका छन् । रेष्टुरेन्टभित्र झण्डै
१ दर्जन चिहानहरु छन जसलाई फलामको रेलिङले घेरेर राखिएको छ ।
लक्की नाम गरेको यो रेष्टुरेन्ट संचालक
हुन कृष्णनन् कुट्टी । चिहानमा रेष्टुरेन्ट खोल्दा कृष्णननको भाग्य
चम्किएको छ र भने उनको चर्चा देश-बिदेशमा हुन थालेको छ ।
‘मुर्दाको सम्मान गर्नु आबश्यक छ’
कृष्णनन् भन्छन- त्यसैले चिहान पुरेर रेष्टुरेन्ट बनाउनुभन्दा तीनलाई
संरक्षण गरेर त्यसकै छेउमा टेवल कुर्सी राख्ने सोंचे ।’
स्थानीय बासिन्दाका अनुसार यहाँ १६ औं
सताब्दिका सुफी सन्तहरुको चिहान रहेको छ । अहिले यो रेष्टुरेन्ट युवा तथा
बृद्धबृद्धा सवैका लागि राम्रो ह्याङआउट सेन्टर बनेको छ ।
0 comments
Write Down Your Responses