आइफोनले गोलीसँग मुकाबिला, सैनिकको ज्यान बच्यो

स्मार्ट फोनको काम कुरा गर्नु, इन्टरनेट चलाउनु, गेम खेल्नु हो । तर, यही स्मार्टफोनले गोलीसँग लडाई खेल्न पनि सहयोग गर्छ भन्दा पत्याउन कठिन हुन्छ ।
हालै एक अमेरिकी सैनिकले आइफोनका कारण आफ्ना ज्यान जोगाएका छन् ।
अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक साउन फ्रांकले बोकेको आइफोनका कारण उनको ज्यान बचेको छ ।
ड्युटीमा रहेका बेला उनी आत्मघाती आक्रमणकारीसँग आमनेसामने भएका थिए । आत्मघाती बिष्फोटका कारण त्यहाँबाट निस्किएका छर्रा साउनमाथि बर्सिए ।
तर,उनको गोजीमा रहेको आइफोनमा लाग्यो । छर्रा लागेर मेटल आइफोन प्वाल परेपनि गोलीले त्यसलाई पूर्ण रुपमा छेड्न सकेन ।
उनको शरीरको विभिन्न मागमा चोट भने लागेको छ । उनकी दिदी एलिशा भन्छिन्-आइफोनले भाईको जीवन बचाइदियो ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.