भारतमा जन्मिइन दुई टाउको भएकी छोरी

भारतमा दुईबटा टाउको भएको शिशु जन्मिएको छ । २८ वर्षकी उर्मिला शर्माले सिग्नस जेके हिन्दु अस्पताल सोनीपत, हरियानामा यस्तो शिशु जन्माएकी हुन् ।

बच्चा चिकित्सकहरुको निगरानीमा छ । उर्मिलाको परिवारको आर्थिक अवस्था निकै कमजोर छ ।
अल्ट्रासाउण्ड गर्ने पैसासम्म नभएका कारण उनीहरुलाई आफ्नो सन्तान यस्तो छ भन्ने पत्तो थिएन । उर्मिला र उनका पति ३२ वर्षीय सुवासका अर्को पनि छोरी छन् ।
डा. शिखा मल्लिकले भनेकी छन्-’हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौं ।’ दुई साता पहिले मात्र अस्पताल आएकाले आफूहरुले केही गर्न नसकेको भन्दै उनले बच्चालाई बचाउन प्रयास भइरहेको बताइन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.