पेट्रोल प्रतिलिटर १०, डिजेल र मट्टितेलमा ६ रुपैयाँ बढ्यो

३० फागुन, काठमाडौं । सरकारले आजदेखि लागु हुने गरि पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमको विहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टतिेलमा ६/६ रुपैयाँ, हवाई इन्धन आन्तरिक उडानतर्फ ६ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ सय डलर प्रतिकिलोलिटर मूल्यवृद्धि गरेको हो ।
मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य १ सय ४० रुपैयाँ पुगेको छ । डिजेल र मट्टतिेलको मूल्य १ सय ९ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिक उडानर्फ प्रतिलिटर १ सय ४३ रुपैयाँ पुगेको छ ।
चुलिँदै गइरहेको घाटालाई कम गर्न मूल्य वृद्धि गर्नुपरेको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले अनलाइनखबरलाई बताए । निगमलाई अहिले मासिक १ अर्ब ६९ करोड ७१ लाख रुपैयाँ मासिक घाटा रहेको छ ।
‘पेट्रोलियम पदार्थको बढ्दो घाटा निगमले थेग्न नसक्ने अवस्थामा पुगेको छ’ प्रवक्ता ढुंगेलले भने, ‘पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि निगमसँग मूल्य वृद्धिको विकल्प छैन् ।’
‘मार्चको अन्तिमसम्म भारतीय आयल निगमलाई १४ अर्ब रुपैयाँ बुझाइ सक्नुपर्छ, बल्ल बल्ल खोजेर ५ अर्ब रुपैयाँ बुझाउन सफल भएका छौं’ ढुंगेलले भने, ‘बाँकी ९ अर्ब रुपैयाँ तिर्न पनि मूल्य वृद्धि गर्नुपरेको हो ।’
निर्धारित समयमा उक्त रकम बुझाउन नसकेमा इन्डियन ओयल कर्पोरेशनले तेल आपूर्तिमा कटौती गर्ने ढुंगेलले बताए । आइओसीको क्लोजिङको समय भएकाले पनि उक्त समयमा अनिवार्य रुपमा बक्यौता भुक्तानी गर्ने बाध्यता रहेको नेपाल आयल निगमले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.