प्रचण्ड बैद्यसँग नजिकिँदै, बाबुरामसँग टाढिँदै, जेठ सम्ममा पार्टी एकता !

३० फागुन, काठमाडौं । नेता बाबुराम भट्टराईले पार्टी पुनसंरचनाको चेतावनी दिइरहेकै बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको भने नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यसँग दूरी नजिकिएको छ । केही समययता दाहाल र भट्टराईबीच आशंका बढ्दो छ भने दाहाल र वैद्यबीच विश्वास बढ्दो छ ।
दाहाल-बैद्य बिहीबार सत्य निरुपण मेलमिलाप आयोग गठन नगरुन्जेल युद्धकालीन मुद्धामा कारबाही नगर्न सरकारलाई दबाब दिने र स्थानीय निर्वाचन तयारीको विरोध गर्ने मुद्दामा कार्यगत एकता गर्न पुगेका छन् । उनीहरुबीच पार्टी एकताका लागि धेरै चरणमा छलफल पनि भइसकेको छ । नेताद्वय भट्टराई र नारायणकाजी श्रेष्ठले दाहालको कार्यशैलीको विरोध गरेपछि उनले बैद्यसँग कुराकानी बढाएका थिए । उनको उद्देश्य वैद्यलाई नजिक ल्याएर भट्टराई र श्रेष्ठलाई तर्साउने पनि हो । भट्टराई-श्रेष्ठ एकातिर हुँदा आफूलाई संकट पर्ने उनले देखेका छन् ।
माओवादीले लिएको जनयुद्धको जगमा जनबिद्रोह गर्ने कार्यदिशा अपेक्षित रुपमा अघि बढ्न नसकेपछि बैद्य दाहालसँग एकता छलफल चलाउन तयार भएका हुन् । बाहिरी रुपमा बैद्यले एमाओवादीको हेटौंडा महाधिवेशनको पुँजीवादी जनवादी क्रान्तिको कार्यदिशा सच्याएमात्र एकता हुनसक्ने बताए पनि पार्टी विभाजनबाट आफूलाई पनि फाइदा नपुगेको निष्कर्ष निकालेका छन् ।
संविधानसभा निर्वाचनमा नमीठो पराजय भोगेपछि त दहाल जसरी पनि पार्टी एकताको पक्षमा उभिएका हुन् । उनले भट्टराई र श्रेष्ठलाई खबरै नगरी धेरै पटक बैद्यसँग एकता वार्ता गरेका छन् । वार्तामा उनले आफू पनि जनबिद्रोहकै पक्षमा रहेको बताएको स्रोतलाई उदृत गर्दै कान्तिपुर दैनिकले खबर छापेको छ । बैद्यसँगको वार्तामा बुधबार मात्रै भट्टराई सहभागी थिए ।
दाहाल पक्षले भट्टराईले कम्युनिस्ट रुप बिनाको पार्टी बनाउन खोजेको भन्दै आलोचना गर्न थालेको छ । उक्त पक्षले माओवादीसँगको एकता बिरोधीका पमा भट्टराईलाई ठानेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.