गर्भमै विहेकै छिनोफानो

बिच्छया गाविसको गुम्बा गाउँका नरबहादुर गुरुङकी श्रीमती गर्भवती भएको सात महिना भयो । सोही गाउँका धनबहादुर थापाकी पत्नी पनि गर्भवती छिन् । तर, नरबहादुर र धनबहादुरले भने अहिल्यै सम्धी साइनो गाँसिसके । उनीहरू दुवैबाट एउटाको छोरा र अर्कोबाट छोरी जन्मिए विवाह पक्का भइसक्यो ।
गुम्बा गाउँका भोटेले आफ्ना सन्तान गर्भमै भएका वेला विवाहको छिनोफानो गरिसक्छन् । सो गाउँमा मुख्य बसोबास भोटे जनजातिकै छ । २५ परिवारको मात्र बसोबास रहेको गुम्बामा गर्भमै छँदा विवाह पक्का गर्ने अभिभावकको पुख्र्यौली परम्परा हो ।
गर्भमै जोडिएको अनौपचारिक सम्बन्धलाई १५ वर्ष नपुग्दै बालबालिकाको विवाह गरिदिएर औपचारिकतासमेत दिने गरेका छन् । जसका कारण सो गाउँमा बालविवाहले प्रश्रय पाएको छ । नरबहादुर र धनबहादुरजस्तै गाउँका अन्य तीन जोडी अभिभावकले समेत गर्भमा रहेका आफ्ना छोराछोरीबीच विवाह गर्ने पक्का गरिसकेका छन् । ‘यो हाम्रो मौलिक परम्परा हो, उहिलेदेखि यस्तै चलन चल्दै आयो, के फरक पर्छ र रु,’ नरबहादुरले भने । उनका अनुसार यसरी कबुल नगरे उमेर पुगेपछि छोराछोरीको विवाह गर्न समस्या हुने गरेको नयाँ पत्रिकामा खबर छ ।
सदरमुकाम मार्तडीदेखि ६० कोस टाढा रहेको गुम्बा गाउँमा अहिले ३८ जना पाँच वर्षमुनिका बालबालिका छन् । उनीहरू सबैको विवाह हुने मान्छे पक्का भइसकेको नरबहादुरले बताए । गाउँबाहिर विवाहको कबुल कमैको मात्र हुन्छ । गुम्बामा भोटे समुदायपछि थापा, गुरुङ, लामा र कँुवरको बसोबास छ । सबै समुदायमा बालविवाह गराउने प्रचलन छ । यहाँ फुपू र मामाको छोराछोरीबीच ती बालबालिकाको बिहे पहिलो प्राथमिकतामा पर्नेगर्छ । त्यसो हुन सकेन पनि त्यसपछिको नातेदारसँग बिहे सम्बन्ध गाँसिन्छ ।
विवाह भएपछि कम्तीमा तीन वर्षसम्म दुलहीले दुलाहाको घरमा बस्नुपर्छ । देउसैनका धनबहादुर थापाका अनुसार त्यसपछि मात्र दुलहीको इच्छाअनुसार माइतीमा भेटघाट गर्न छुट पाउँछिन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.