‘बोल्ड एण्ड नेकेड’ योगा, जहाँ महिला-पुरुष सर्वाङ्गै भएर योगा गर्छन
पूर्वीय
दर्शनमा आधारित योगामा आजकल पश्चिमाहरुका निकै आर्कषण बढिरहेको छ । तर,
पश्चिमाहरुले योगालाई आफ्नोपनमा ढाल्दै नयाँ प्रयोगहरु पनि गरिरहेका छन् ।
अमेरिकाको न्यूयोर्कमा यस्तै नयाँ शैलीको
योगा सुरु भएको छ जसमा सहभागी सर्वाङ्गै भएर कक्षा कोठामा छिर्नुपर्छ ।
महिला र पुरुष सँगै योगा गर्नुपर्छ ।
तपाईंलाई पहिलो दिनमै कपडा खोल्न लाज
लाग्यो, आधाउधी लगाएर योगा गर्छु भन्न पाउनुहुन्न । कपडासँगै तपाईमा निहीत
सवै लाज उतारेर कक्षामा सहभागी हुनुपर्छ ।
‘बोल्ड एण्ड नेकेड’ स्टुडियोले यो नयाँ
शैलीको योगा सुरु गरेको हो । बेलायति पत्रिका डेली मेलका अनुसार चेल्सीमा
यो स्टुडियोले आफ्नो नयाँ कक्षा सुरु गर्दैछ ।
यो कक्षामा महिला र पुरुष दुबै सहभागी
हुन्छन् र उनीहरुको पूर्ण रुपमा नग्न हुन्छन् । उनीहरुलाई योगा सिकाउने
व्यक्ति पनि नाङ्गै हुन्छन् । सहभागी हरेकलाई छुट्टा-छुट्टै म्याट दिइन्छ,
जसमा बसेर विभिन्न आसनको योगा गरिन्छ ।
‘समान्य योगामा सहभागीहरुलाई छुट्टाउने
धेरै चिजहरु हुन्छन् । जस्तै कुन ब्राण्डको लुगा लगाएका छौं । त्यसले
हामीलाई कस्तो देखिएको छ’ नग्न योगामा सहभागी मध्येका एक भिनासा क्यानेडीले
भन्छन-तर, जब हामी नाङ्गो हुन्छौं । सबै समान हुन्छौं ।’
स्टुडियोको वेबसाइटमा नग्न योगा कक्षामा
सहभागी हुँदा शरीरबाट नकारात्मक भावना हराउने दावी गरिएको छ । को-इड
फम्र्याटको योगा कक्षाका लागि २५ डलर शुल्क राखिएको छ । यस्तो नग्न योगा
अभ्यास हेर्न र तस्वीर खिच्न मनाही गरिएको छ ।
योगामा सहभागीहरुले शिक्षकको आदेशअनुसार
एक अर्कालाई छुन र स्पर्श गर्न पाउने भए पनि त्यस्तो स्पर्श यौनजन्य नहुने
योगा स्टुडियोको दावी छ ।
0 comments
Write Down Your Responses