‘आइमाइदेखि सेक्सी डाइरेक्टर’सम्म, संवाद हिट, हिरो फ्लप

सिनेमा प्रदर्शनको मिति नजिकिदै जाँदा उनको मन सधै पोल्छ । सिनेमा चलेन भने के होला, उनको मनमा यस्ता अड्कल बाजिन्छन् ।

चलचित्र ‘फेसबुक’मा ‘आइमाई, आइमाई, आइमाई’ संवाद बोलेर उनी प्रोमोमा त हिट भए तर सिनेमा चम्केन ।
नायक सुवास थापालाई हिट सिनेमा चाहिएको छ । तर आजसम्म हिट सिनेमा नाममा नपर्दा गाह्रो भएको सुवासलाई थाहा छ । चलचित्र ‘किन किन’मा उनले ‘सेक्सी डाइरेक्टर’ भन्दै संवाद बोले । संवाद हिट सिनेमा फ्लब भयो ।
सिनेमा निरन्तर फ्लब हुँदा सुवासको दरिलो अभिनय जम्न सकेको छैन । उनको अभिनयबाट सिनेकर्मी प्रभावित छन्, तर दर्शक तानिन सकेनन् । फागुन २४ गतेबाट प्रदर्शनमा आएको ‘तोरी लाहुरे’ले पनि सफलताको स्वाद चखाउन सकेन ।
‘विर्खेलाई चिन्छस्’ र ‘सरी ल’ले उनलाई माथि उकास्न सक्छ । तर पनि अभिनय र संवादबाट हिट सुवास सिनेमा नचल्दा सधै तनावमा नै छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.