इजिप्टका पूर्व राष्ट्रपति मोर्सीका ५२९ समर्थकलाई मृत्युदण्डको सजाय

कायरो-इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीका ५२९ जना समर्थकलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। उनीहरुमाथि एक प्रहरीको हत्या र ब्यक्तिगत सम्पतिमाथि हमला गरेको आरोप लागाइएको छ। मृत्युदण्डको सजाय सुनाइएका सबै मुस्लिम ब्रदरहुड स‌गठनसँग जोडिएका छन्। उनीहरु लगायत १२०० समर्थकको अदालतमा मुद्दा चलिरहेको थियो।

इजिप्टका अधिकारिहरुले मोर्सी समर्थक इस्लामिक मानिसहरुमाथि कडा कार्वाही गरेका छन्। मोहम्मद मुर्सी अघिलो बर्ष भएको राष्ट्रपति निर्वाचनमा विजयी भए पनि उनलाई पदबाट हटाइएको थियो।

राजधानी कायरोदेखि दक्षिण मिन्या अदालतले मृत्युदण्डको आदेश जारी गरेको हो। सजाय पाउनेका आफन्तले अदालतमा गरेको अपीलको सुनुवाइ नभएको बताएका छन्।

यस अगाडि इजिप्टमा सेना समर्थित अन्तरिम सरकारले मुस्लिम ब्रदरहुडलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो। इजिप्टमा न्यायधिश सम्मिलित र सैनिक समर्थित सरकार रहेको छ।

इजिप्टमा यसभन्दा पहिला सन् १९५४ मा मुस्लिम ब्रदरहुडलाई प्रतिबन्ध लगाइएको थियो। ब्रदरहुडको एक राजनीतिक शाखा फ्रिडम एण्ड जस्टिस पार्टी पनि रहेको छ, जसको स्थापना सन् २०११ मा भएको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.