छोटा बस्त्रले एयरहोस्टेजलाई आपत, यात्रुको सेवाभन्दा आफ्नै स्याहारको सुर्ता

जापानको एक एयरलाइन्सले हालै एयर होस्टेसका लागि रोयल ब्लू कलरको यूनिर्फम लन्च गरेको छ । सिंगल पिसको यो युनिर्फम यति छोटो बनाएको छ कि यो लगाएको एयर होस्टेसलाई देख्दा लाग्छ उनीहरु जानीबुझी एक्सपोज गरिरहेका छन् । उनीहरु खुलेआम आफुमाथि यौनजन्य ब्यबहारको माग गरिरहेका छन् ।

स्काईमार्क एयरलाइन्सले हालै एयरहोस्टेसका लागि जारी गरेको पोशाकप्रति कम्पनीकै कर्मचारीले तिब्र बिरोध गर्न थालेका छन् । यो पहिरनले महिला कर्मचारीमाथि ग्राहकले अभद्र ब्यबहार गर्न सक्ने उनीहरुको चिन्ता छ ।
एयरलाइन्सको क्याविन क्रु युनियनयले समेत यूनिर्फमप्रति आपत्ति जनाएको छ । उसले भनेको छ-’फ्लाइटमा मानिसहरु आरामसँग यात्रा गर्न चाहन्छन् । तर, उनीहरुको सेवामा खटिने एयर होस्टेसले उत्तेजक कपडा लगाए नसोचेको घटना हुनसक्छ ।’

यात्रुले सुटुक्क भित्री अंग र बस्त्रहरु देखिएका तस्वीर खिचेर सार्वजनिक गरिदिन सक्ने भयका कारण छोटा कपडा लगाउने युवतीलाई आफ्ना गोप्य अंग लुकाउनकै हैरानी हुने युनियनको दावी छ । यसले कर्मचारीको ध्यान यात्रुलाई सेवा दिनुभन्दा आफ्ना बस्त्र संहाल्नमा खर्च गर्नुपर्ने र अन्तत सेवाकै गुणस्तर खस्किने युनियनको तर्क छ ।
विमान कम्पनीले भने एयर होस्टेसले छोटो कपडा लगाउँदा कुनै फरक नपर्ने दावी गरेको छ । उसको तर्क छ-’विमानमा कम्पनीका कर्मचारी पनि हुनेछन, त्यसैले यात्रुले छोटा कपडा लगाएका कर्मचारीमाथि यौन हिंसा गर्न सक्दैनन् ।’
यसअघि अष्ट्रेलियाको एक एयरलाइन्स कम्पनीको यूनिर्फमलाई लिएर पनि यस्तै बवाल मच्चिएको थियो ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.