छोरालाई अक्षर चिनाउन बाबुको कठोर संर्घष, डोकोमा बोकेर दिनहुँ १८ माइल यात्रा

सामान्यतयाः आमाको मन कोमल र बाबुको मन अलिक कठोर हुन्छ भन्ने बिश्वास छ । तर, एक चिनियाँ बाबुले जे गरिरहेका छन, त्यो देख्नु वा सुन्नुभयो भने तपाईले भन्नुहुनेछ-यी बाबु साँच्चै दिलदार रहेछन् ।
शिचुवान प्रान्तका ४० वर्षका यू झुकाङका छोरा अपाङ्ग छन् । तर, पनि छोरो शिक्षाको ज्योतिबाट बञ्चित नहोस भनेर उनले दैनिक कठोर संर्घष गरिरहेका छन छोरालाई स्कूल पुर्‍याउन ।
झुकाङ छोरालाई स्कुल ल्याउन-लैजान मात्र दैनिक १८ माइल हिड्छन् । १२ बर्षका छोरालाई डोकोमा बोकेर उनी सरकारी स्कूल पुर्‍याउँछन् र साँझ फेरि बोकेर घर ल्याउँछन् ।

घर पायकमा भएका स्कुलले अपाङ्ग छोरालाई पढाउन अस्वीकार गरेपछि उनले टाढाको सरकारी स्कुलमा भर्ना गर्नुपर्‍यो । केटाकेटी ल्याउन लैजान यो स्कूलसित बस छैन ।
सार्वजनिक बसमा उपयुक्त व्यवस्था नभएकाले आफैंले बोकेर लैजाने गरेको भन्दै उनले भने- मेरो छोरा शारीरिक अपाङ्ग छ । तर, उनको दिमागमा कुनै समस्या छैन । नजिका कुनै पनि स्कूलले उनलाई भर्ना लिन मानेनन् ।’
यी १२ बषिर्य किशोर सिओले आमाको माया नपाएको ९ वर्ष भइसक्यो । उनी ३ वर्षको हुँदा बाबुले आमाबाट छुट्याएर लालन पालन गर्दै आएका छन् । गत सेप्टेम्बरदेखि यू झुकांगले छोरालाई यसैगरि स्कुल लैजान थालेको छन् ।
विहान ५ बजे उठेर छोरालाई स्कुल पठाउन खाजा बनाउने तयारी गर्छन् । उनी भन्छन्-’साढे चार माइल हिडेर छोरालाई स्कुल पुर्‍याउँछु अनि फर्किएर घर आएपछि केही कमाउन काममा जान्छु, साँझ फेरि छोरालाई लिन स्कुल जान्छु ।’

यसो गर्दा उनी दिनमा करिव १८ माइल पैदलयात्रा गर्छन् ।
उनका छोरा निकै होचा छन् । शारीरिक अपाङ्गता भएका कारण उनको उचाइ ९० सेन्टिमिटर मात्र छ । आफ्नो छोरा कजेल पढेको हेर्न सपना रहेको भन्दै उनले भनेका छन्-’तर, मलाई खुसी लागेको छ कि मेरो छोरा कक्षामा पहिलो भएको छ र मलाई थाहा छ उसले ठूलो उपलब्धी हात पार्नेछ ।’

,

0 comments

Write Down Your Responses

Powered by Blogger.