बलिउड अभिनेताः कसले कति पारिश्रमिक लिन्छन ?

एउटा फिल्म खेलेर कति पैसा कमाइन्छ होला ? नेपालका सन्र्दभमा केही लाख रुपैयाँमा सिमित रहेको हिरोहरुको पारिश्रमिक भारतीय सिने उद्योगमा भने झण्डै अर्ब पुग्न थालेको छ ।
सलमान खान, साहरुख खान, अमिर खान, अक्षयकुमार लगायतका केही चलेका नायकहरुले एउटै फिल्मबाट करोडौं रुपैयाँमा पारिश्रमिक लिन्छन, चाहे त्यो फिल्म चलोस वा नचलोस् । आज हामी तपाईलाई १० जना कलाकारको पारिश्रमिकबारे जानकारी दिँदैछौं ।
१. सलमान खानः पछिल्ला तीन बर्षमा सवैजसो फिल्मलाई करोड क्लवमा छिराउन सफल सलमान खानले एउटै फिल्म खेलेको करोडौ रुपैयाँ लिन्छन् । एकपछि अर्को सफलताका कारण उनले पाश्रिमिक बढाउँदै लगेर झण्डै १ अर्ब भारतीय रुपैयाँ पुर्‍याएको बताइएको छ ।
उनी पारिश्रमिकसँगै आफु खेल्ने फिल्मबाट मुनाफाको सेयर पनि माग्छन जसले गर्दा चलेका फिल्मबाट उनले एक अर्बभन्दा बढि कमाउँछन् ।
२. अमिर खानः मिस्टर परफेक्सनिष्टको छवि बनाएका आमिर निकै कम फिल्म खेल्छन । थि्र इडियट र हालै रिलिज भएको धुम ३ बाट त उनले अहिलेसम्मका सवै रेकर्डहरु तोडे । आमिरले एउटा फिल्म खेलेबापत ४५ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।
३. शाहरुख खानः बक्स अफिसका बादशाहका रुपमा चिनिने शाहरुखले एउटा फिल्मबाट ३५ देखि ४० करोड पारिश्रमिक लिने गरेका छन् । उनको पछिल्लो हिट फिल्म चेन्नई एक्सप्रेस हो ।
४. अक्षयकुमारः कमेडी र एक्सनमार्फत् दर्शकको मन जित्न सफल अक्षयकुमारले एउटा फिल्मबाट ३० करोड रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।
५. ऋतिक रोशनः भारतीय बक्स अफिसका सुपरम्यान सावित भएका ऋतिकले फिल्ममा अभिनय गरेबापत २५ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन् ।
६. अजय देवगणः आफ्नो अभिनयका कारण दर्शकमाझ बेग्लै छाप छोड्न सफल अजयले एउटा फिल्ममा अभिनय गरेको १० देखि १५ करोड रुपैयाँ पारिश्रमिक लिन्छन् ।
७. साहिद कपुरः पछिल्ला बर्षहरुमा साहिदले बक्स अफिसमा खासै कमाल गर्न नसकेपनि पारिश्रमिकका मामिलामा उनले खासै सम्झौता गर्दैनन् । उनले एउटा फिल्म खेलेबापत १० देखि १२ करोड रुपैयाँ लिन्छन् । चार बर्षको अन्तरालमा उनको फिल्म आर राजकुमारले मात्र ब्यबसायिक सफलता पायो ।
८. सैफ अलि खानः बलिउडमा खासै जम्न नसकेपनि सैफ अलि खानले पाश्रिमिकमा त्यति धेरै सम्झौता गर्दैनन् । उनले एउटा फिल्म खेलेबापत ६ देखि ८ करोड रुपैयाँ लिन्छन् ।
९. रणबीर कपुरः नयाँ पुस्ताको अभिनेतामा निकै राम्रो सम्भावना बोकेका र बक्स अफिलमा पनि सफलता पाएका रणवीर कपुरको पारिश्रमिक उनको लोकपि्रयताको तुलनामा धेरै छैन् । उनले आफ्ना भिनाजु सैफकै हाराहारी अर्थात् ६ देखि ८ करोड रुपैयाँ पारिश्रमिक लिँदै आएका छन् ।
१०. अमिताभ बच्चनः उमेरले ७० काटेपनि अमिताभ तन्नेरीझैं फिल्ममा मारपिट गर्न पछि पर्दैनन् । उनले प्रतिफिल्म ५ देखि ६ करोड रुपैयाँ पारिश्रमिक लिन्छन् ।
(भारतीय दैनिक ‘अमर उजाला’को रिपोर्टको भावानुवाद)

0 comments

Write Down Your Responses

Powered by Blogger.