कहाँ हरायो २३९ सवार बोइङ ?

फागुन, काठमाडौं । २ सय ३९ सहित सम्पर्कविहीन भएको मलेसियन एयरलाइन्सको बोइङ अझै भेटिएको छैन । दक्षिण पूर्वी एशियाशी देशका विमान र पानी जहाज विमान खोजीमा जुटेको छ ।

शनिबार क्वालालाम्पुरबाट बेइजिङका लागि उडेको विमान झण्डै २ घण्टापछि सम्पर्कविहीन भएको थियो । शनिबार दिउँसो भियतनामका सञ्चार माध्यमहरुले विमान समुन्द्रमा खसेको बताएपिनि घटना भएको भनिएको पुष्टी नभएको मलेशियाका यातायात मन्त्रीले बताएका छन् ।
यद्यपि भियतनामका अधिकारीहरुले समुन्द्रका दुई स्थानमा तेलको ठुलो धब्बा भेटिएको बताएका छन् । यद्यपि यो हराएको विमानकै हो भन्ने पुष्टी भएको छैन ।
विमानमा १२ चालक दलका सदस्यसहित २ सय ३९ जना थिए । जसमा चीनका मात्र १ सय ५३ जना छन् । ३५ मलेसियन, सात/सात इण्डोनेसिया र अष्ट्रेलियाका नागरिक छन् भने पाँच भारतीय र चार अमेरिकन पनि छन् ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हृवाले विमान भियतनाम नियन्त्रित हजाई क्षेत्रमै हराएको बताएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.