त्रिभुवन विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमानमा आगलागी

काठमाडौं । इन्डिगो एयरलाइन्सको विमानमा आगलागी भएको छ । भारतको दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको एअर बस ए ३२० विमानमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको हो ।
आगलागीपछि विमानमा सवार एक सय ७४ जना यात्रुलाई आकष्मिक कक्षबाट सकुशल बाहिर निकालिएको छ । शनिबार मध्यान्ह १२ बजेर ३५ मिनेटको समयमा जहाजको पछाडिको चच्कामा आगो लागेपछि बारुण यन्त्रले तत्काल नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन नपाएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।
आगोले विमानको चक्का र इन्जिनको केही भागमा क्षति पुगेको बताइएको छ । विमानमा आगलागी भएपछि त्रिभुवन विमानस्थल कार्यालयको आकष्मिक बैठक बसिरहेको छ । बैठकपछि घटनाबारे पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराउने बताइएको छ ।
शुक्रबार मात्रै काठमाडौंबाट खोटाङको लामीडाँडाका लागि उडेको नेपाल वायु सेवा निगमको एकमात्र ट्वीनअटर विमानमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा आकष्मिक अवतरण गराइएको थियो ।
विहान १० बजेर १० मिनेटमा उडेलगत्तै सो विमानको दायाा इन्जिनमा आगो लागेपछि तत्कालै आकष्कि अवतरण गराउन सकेकाले ठूलो क्षति हुन पाएको थिएन ।
तस्वीरः एएनआई 

0 comments

Write Down Your Responses

Powered by Blogger.