चैतदेखि बेलुका दुई घण्टा लोडसेडिङ घट्ने


बनेपा । ऊर्जा मन्त्री राधा ज्ञवालीले चैतदेखि बेलुका दुई घण्टा लोडसेडिङ घट्ने बताएकी छन् । काभ्रेको पनौती जलविद्युत् केन्द्रको निरीक्षणपछि भएको अन्तक्रिर्यामा उनले घरमा काम गर्ने गृहिणीका लागि लक्ष्य गरेर विद्युत् कटौती घटाउन लागेको बताइन् । उनले भनिन्-’त्यसका लागि अध्ययन भइरहेको छ र अध्ययन प्रतिवेदन आएलगत्तै कार्यान्वयनमा जान्छ ।’ भारतबाट ल्याइने विद्युत्का लागि प्रसारण लाइन बनाउने काम अझै तीन किलोमिटर बाँकी रहेको भन्दै उनले त्यो काम सकिएपछि पनि विद्युत् कटौती घटाउन सकारात्मक प्रभाव पर्ने बताइन् । पनौती जलविद्युत् आयोजनाको क्षमता दुई हजार ४०० किलोवाट भएकामा अहिले पानी सङ्कलन भएका बेलामा मात्रै ५०० किलोवाट विद्युत् उत्पादन हुने गर्छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.