सनीको ‘लिप किस’ रागिनी एमएमएस टू मा

पोर्न स्टारको छविसमेत बनाएकी सनी लियोन अभिनित हिन्दी फिल्म रागिनी एमएमएस टू कस्तो होला ? भारतीय मिडियाले यसको प्रदर्शन नहुँदै केही दृष्यहरु सार्वजनिक गरेपछि धेरैमा कौतुहलता जगाएको छ ।

भारतीय मिडियामा सनी लियोन र अर्की कलाकार सन्ध्या मृदूलवीच ‘लिप किस’ हुँदै गरेको तस्वीर सार्वजनिक भएको छ । यसबाट कतिपयले यो फिल्मको विषयवस्तु समलैंगिक यौनप्रधान भएको अनुमान गरेका छन् ।
हालै सार्वजनिक सो तस्वीरमा यी दुबैले यौनको चरमोत्कर्ष महसुस गरिरहेको देखाइएको छ । सुटिङ दौरानमा पनि उनीहरुले कुनै हिच्किचाहट नदेखाई पूर्ण व्यावसायिक कलाकारझैं अभिनय गरेको भारतीय मिडियामा उल्लेख छ ।
ड्राइभरले घेरेपछि धन्न जोगिइन् सन्नी
केही दिनअघि सनी लियोन रागिनी एमएमएस टू र अटो रिक्साहरुको प्रवर्द्धन गर्न मुम्बइका सडकमा अटो रिक्सा ड्राइभरमाझ पनि पुगेकी थिइन् । उनी एउटा अटो रिक्सामा चढेर फिल्म प्रचार गर्दै थिइन् । उनलाई अकस्मात् देख्दा अन्य ड्राइभर र दर्शकहरु चकित परे । प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे पर्‍यो ।
धेरै संघर्षपछि प्रहरीले सनीलाई भीडबाट निकालेका थिए । ‘भगवानलाई धन्यवाद’ सनीले भनिन् ‘भीँडबाट म जोगिएँ ।’
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.