सुतकै बेला सर्प महिलाको बक्षस्थलमा झम्टियो

सर्पदंश भन्नासाथ आङ जिरिङ्ग हुन्छ । तर, सवै सर्पदंश ज्यानमारा भने नहुने रहेछन् । स्कटल्याण्डकी एक महिलालाई हालै सर्पले बक्षस्थलमा आक्रमण गर्दा पनि उनलाई कुनै असर गरेन् ।
स्कटल्याण्डकी ४९ वर्षीया क्यारोलिन गि्रफिन घरमै सुतिरहेकी थिइन् । आँखा खुल्दा आफ्नो शरीरमाथि लामो सर्प सर्प हिडिरहेको देखेपछि अब मरिन्छ कि क्या हो भन्ने लागेको थियो ।
चार सन्तानकी आमा उनले हडवडाउँदै सर्पलाई हटाउने प्रयास गर्दागर्दै सर्पले उनको बक्षस्थलमा आक्रमण गर्‍यो । उनको दायाँ स्तनमा रगत आउनेगरि घाउ लाग्यो । तर, भाग्यवश उनलाई बिष लागेन ।

घटनालाई सम्झँदै उनले भनेकी छन्-’सुरुमा त मलाई बच्चाहरु खेलिरहेका छन् भन्ने लागेको थियो । तर, ममाथि सर्प पो हिडिरहेको रहेछ । मैले जतिसक्दो छिटो हटाउने प्रयास गरेँ । तर, मलाई टोक्यो ।’
उनले छोराछोरीलाई सर्पको तस्वीर खिच्न भने र सहायतका लागि सरकारी निकायमा खबर गरिन् । उनले घटनाबारे छिमेकीहरुलाई समेत बताइन् ।
केही समयपछि सर्पका मालिक ग्यारेथ नेभिन आए । उनका अनुसार यो सर्प पछिल्लो ६ महिनादेखि हराइरहेको थियो । यसले कसैलाई टोकेको यो पहिलो पटक हो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.