चल्नुअघि नै साहरुखको सिनेमालाई २ सय करोड
साहरुख
खानले आफूलाई फेरि एकपटक बलिउडको बादशाहको रुपमा चिनाएका छन् । उनले
निर्माण गरिरहेको चलचित्र ‘ह्याप्पी न्यू ईयर’ले प्रदर्शन अघि नै २ सय करोड
कमाइसकेको छ ।
चलचित्रलाई यशराज कम्पनीले १२५ करोडमा
विश्वव्यापी वितरणको जिम्मा लिइसकेको छ । केही दिन अघि मात्र यशराज कम्पनी र
साहरुखको रेेड चिल्ली विच यस्तो संझौता भएको हो । यसैगरी सिनेमाको
टेलिभिजन प्रदर्शन अधिकार ‘जी मिडिया ग्रुप’ले ६५ करोडमा किनिसकेको छ ।
यसअघि साहरुखकै ‘चेन्नई एक्सप्रेस’लाई पनि यही कम्पनीले किनेको थियो ।
टी-सीरिजले यो चलचित्रको म्यूजिक अधिकार
१२ करोडमा किनेको बताइएको छ । फराहा खान निर्देशित यो सिनेमाले प्रदर्शन
अगावै २ सय करोडको कमाई गरेर साहरुखलाई सुरक्षित पारिसकेको छ ।
तिहारमा प्रदर्शनमा आउन लागेको चलचित्रको
सामान्य ट्रेलर पनि सार्वजनिक भएको छैन । तर दीपिका पादुकोण, अभिषेक बच्चन,
सोनु सुद, बोमन हिरानी लगायतका कलाकारले समेत अभिनय गरेको यो सिनेमाको
मिडिया बज अत्याधिक देखिएको छ ।
0 comments
Write Down Your Responses