एन्ड्रोइडबाट हटाइदै कामुक एप्स

गुगलको मोबाइल प्लेटफर्म एन्ड्रोइडले कामुक सामाग्री, तस्वीर तथा शब्द समावेश भएका एप्समाथि कडाई गर्ने भएको छ ।

गुगलको प्लेस्टोरमा सेक्सी शब्द र तस्वीर प्रयोग भएका एप्सलाई ‘आपत्तिजनक’ ठान्दै गुगलले त्यस्ता एप्सलाई बन्द गर्ने अभियान नै थालेको छ ।
यसअघि गुगलले अश्लिल कन्टेन्ट भएका एप्सलाई मात्र प्रतिबन्ध लगाउँदै आएको थियो ।
एन्ड्रोइडले हालै डेभलपर निर्देशिकामा संसोधन गर्दै कन्टेन्टमात्र नभई तस्वीर र शब्दमाथि समेत कडाई गर्ने नीति लिएको छ । फलस्वरुप श्लिल सामाग्री समावेश भएका तर कामुक आइकन तस्वीर र नाम राखेका एप्सले पनि प्रतिबन्ध खेप्नुपर्ने भएको छ ।
पछिल्लो समयमा एन्ड्रोइड प्रयोगकर्तामाझ कामुक तस्वीर र कन्टेन्टहरु समावेश भएका यस्ता निःशुल्क एपहरु लोकप्रिय हुन थालेका छन् । खासगरि एन्ड्रोइडका नयाँ प्रयोगकर्ताले कामुक आइकन तस्वीकै भरमा यस्ता एप्स डाउनलोड गरिरहेका छन् । यस्ता एप्स दैनिक जीवनमा खासै महत्वपूर्ण नभए पनि एप्स डेभलपरले बिज्ञापनमार्फत् मनग्ये कमाइरहेका छन् ।
गुगलले कामुक कन्टेन्टमाथि मात्र निगरानी बढाएको हैन, असान्दर्भिक आइकन तस्वीर र नामको प्रयोगमाथि पनि डण्डा चलाउन थालेको छ । जसले गर्दा सेक्सी शब्द प्रयोग भएका एप्सहरु धमाधम हटन थालेको प्रबिधि पोर्टल ‘टेक क्रन्च’ले जनाएको छ ।

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.