महिला पत्रकारको बलात्कार गर्ने तीनलाई फाँसी


मुम्बई अदालतले महिला पत्रकारको सामूहिक बलात्कारमा संलग्न तीन जनालाई फाँसीको सजाय सुनाएको छ भने अर्का एकलाई जन्मकैद भएको छ । फाँसीको सजाय पाएका तीनै जनालाई शक्ति मिलका महिला टेलिफोन अपरेटरको बलात्कारको घटनामा पनि जन्मकैदको सजाय दिइएको थियो । अदालतले तीन अभियुक्तलाई धारा ३७६ (ई) अनुसार दोहोरिएका अपराधी मान्दै दोषी ठहर गरेको थियो । अदालतले १९ वर्षका विजय जाधव, २१ वर्षका मोहम्मद कासिम शेख र २८ वर्षका मोहम्मद अन्सारीलाई दोषी ठहर गरेको थियो । मुम्बईको शक्ति मिल नजिकै २२ अगष्ट २०१३ मा पाँच जनाको समूहदे २२ वर्षका महिला पत्रकारको बलात्कार गरेका थिए । उनी एक पुरुष सहकर्मीसँग असाइनमेन्टमा गएकी थिइन् । घटनाका पाँचौं अभियुक्त नाबालक भएकाले उनमापथि छुट्टै मुद्दा चलिरहेको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.