आफु मरेर आमालाई बचाए सात बर्षीय बालकले

मस्तिष्क क्यान्सरसँग लडिरहेका एक सात वर्षका बालकले आफ्नो आमालाई बताउन किड्नी दिएर आफ्नो जीवन बलिदान गरेका छन् । चेन साओसिन ५ वर्षको हुँदा डाक्टरहरुले उनको मस्तिष्कमा घातक ट्युमर भएको पत्ता लगाएका थिए । त्यसको केही महिना पहिले उनकी आमा झोउ लू किड्नीको समस्याका कारण अस्पताल भर्ना भएकी थिइन् ।



सुरुमा निको हुने संकेत देखिएपनि ट्युमर आक्रमक रुपमा बढेपछि डाक्टरहरुले चेन साओसिन धेरै वर्ष बाँच्न नसक्ने निष्कर्ष सुनाए । आमा छोराले एकसाथ रोगविरुद्ध लडे । अन्तिममा चेनले आमालाई भने-’म तपाईको जीवन बचाउन चाहन्छु, मलाई मर्न दिनोस् ।’ आमा छोरा निकै कमजोर भइसकेका थिए । झोउलाई डाइलोसिस गर्नुपर्‍यो भने चेनलाई २४ सै घण्टा डाक्टरहरुको निगरानीमा राखियो ।
रोगले चाप्दै गएपछि चेनले आफ्नो दृष्टि गुमाए । अस्पतालको शैयामा लडिरहेका उनी निकै कमजोर भए । विषय निकै गम्भीर भएकाले डाक्टरले झोउको सट्टा चेनका हजुरआमालाई प्रस्ताव राखे । चेनका हजुरआमा ५७ वर्षकी लिउले भनिन्-उनीहरुले मेरो नातीलाई बचाउन नसक्ने तर, उनको किड्नीले आमासँगै अन्य दुई जनालाई बचाउन सकिने सुनाए । मैले झोउसँग कुरा गरेँ । तर, उनले यो कुरा सुन्नै चाहिनन् ।’
जब यो कुरा चेनले सुने, उनले आमालाई बचाउन जिद्धि गरे । आशुका बीच झोउले स्वीकार त गरिन्, तर यदि छोराको निधन भयो भने मात्र भन्ने सर्तमा । डाक्टरहरुले चेनको किड्नी झोउलाई मिल्छ कि मिल्दैन भन्ने परीक्षण गरे । जब अपि्रल २ मा चेनको मृत्यु भयो । डाक्टरहरुले तत्कालै उनको किड्नी झोउलाई प्रत्यारोपण गरे । चेनको अर्को किड्नी २१ वर्षीय युवतीलाई प्रत्यारोपण गरियो भने कलेजो २७ वर्षका एक व्यक्तिलाई । अस्पतालका प्रवक्ताले तीन वटै अंग प्रत्यारोपण सफल भएको बताए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.