पिसाबमा उमालिएका अण्डा लोकप्रिय
चीनको एउटा प्रान्तमा यस्तो अचम्मको परिकार खाने चलन छ जुन सुन्दा तपाईंलाई घिन लाग्नसक्छ । यो यस्तो मेनू हो, जुन पुरुषको पिसाबमा अण्डा उसिनिन्छ र खाने गरिन्छ ।
चीनको झेजियाङ प्रान्तको डोङयाङ सहरमा यो मेनू प्रचलित छ । तर यो परिकार नौलो होइन, हजारौं वर्षदेखि यहाँका उपभोक्ताहरुले खाइरहेका छन् । होटलका सेफहरु यो परिकार निकै स्वास्थवर्द्धक भएको दावी गर्छन् । स्थानीय एक होटलका सेफ लू मिङ भन्छन् ‘अलि अमिलो स्वाद हुन्छ, उपभोक्ताहरु रमाइ-रमाइ खान्छन् ।’
यो प्रान्तमा हजारौं वर्षदेखि बच्चाको पिसाबमा अण्डा उसिनेर खाने चलन भएकोले यो परिकारले सांस्कृतिक पहिचान बोकेको छ ।
उनका अनुसार होटलले स्थानीय विद्यालयहरुमा केटाकेटीका पिसाब संकलन गर्न बाल्टिन राखेका हुन्छन् । हरेक दिन ताजा पिसाब संकलन गरिने उनको भनाइ छ ।
उनी पिसाबमा उमालिएको अण्डा निकै स्वास्थ्यवर्द्धक हुने दावी गर्छन् । यो अण्डा खाँदा ज्वरो नियन्त्रण र थकानको बेला ताजगी महसुस हुने उनी बताउँछन् ।
उनी यो परिकार निर्यात पनि गर्नुपर्ने बताउँछन् । ‘म चाहन्छु, चीनभन्दा बाहिरका उपभोक्ताले पनि यो परिकारको प्रशंसा गरुन्’ उनले भने ।
सन् २००८ मा स्थानीय सहरले यो अण्डा परिकारलाई सांस्कृतिक पहिचान दिएको छ । युनेस्कोको विश्व पहिचान सूचीमा राखिदिन पनि स्थानीय नगरपालिकाले आवेदन दिएपछि यसको चर्चा निकै भएको थियो ।
स्थानीय बासिन्दा वाङ जुग्सिङ पिसाबमा उमालिएको अण्डाको सेवनले रुघाखोकी, फ्लू आदि निको हुने स्थानीय मान्यता रहेको बताउँछन् । ‘तर मलाई यो मान्यतामा विश्वास छैन र खान्न पनि’ उनी भन्छन् ।
अण्डा उमाल्न प्रयोग गरिने पिसाव स्थानीय स्कूलबाट संकलन गरिन्छ जहाँ केटाहरुलाई पिसाव फर्ने वाल्टीहरु राखिएको हुन्छ । सेफ भन्छन- हामी हरेक दिन पिसाव संकलन गर्न जान्छौं ।’
-रोयटर्स र डेलिमेलको सहयोगमा

0 comments
Write Down Your Responses