रमेश खरेल सेलीब्रेटी बन्न खोजेको गृहमन्त्रीको आरोप

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले काठमाडौं प्रहरी प्रमुख रमेश खरेल सेलीब्रेटी बन्न आरोप लगाएका छन् ।

धुलिखेलमा शनिबारदेखि सुरु भएको एमालेको युवा संघको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष समेत रहेका गौतमले भने-’पत्रिने अनि दुई/तीन दिनमा छाड्ने अपराधीलाई उन्मुक्ति दिने तरिका हो । उनी सेलीब्रेटी बन्न खोजेका छन् ।
काठमाडौं प्रहरी प्रमुख खरेलविरुद्ध खनिएका गौतमले उनी आफूलाई भेट्न समेत नआएको बताए । उनले भने-’मलाई भेट्दा स्वाभिमान गिर्ने उसले ठानेको छ ।’ आफू गृहमन्त्री हुँदा कसैलाई अन्याय हुन नदिने उनले बताए ।
बैठकमा युवा संघका अध्यया महेश बस्नेतले केन्द्रीय सदस्य अमित लामालाई पक्राउ गरी सिंघम शैलीमा पत्रकार सम्मेलन गरेको भन्दै प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीसँग माग गरे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.