बाबु मृत्युको मुखमा पुगेपछि ११ बर्षे बालिकालाई बिहेको रहर

हरेक छोरा छोरीको चाहना हुन्छ, विवाहमा आमाबाबुको साथ होस् । तर, सधै चाहेजस्तो हुन्न जीवन । यसको पीडा सानैमा आमाबाबु गुमाउनेहरुले गहिरोसँग महसुस गर्छन् ।
क्यालिफोर्नियाका ११ वर्षकी जोसी जेट्सलाई पनि चिन्ता थियो । किनकी उनका ६२ वर्षका बाबु जिमलाई क्यान्सर भएको थियो र उनी जीवनको अन्तिम चरणमा थिए ।

विवाह अघि नै बाबुको निधन भयो भने अभाव महसुस नहोस भनेर उनले अनौठो उपाय निकालिन् । ११ औं जन्मदिन मनाउने क्रममा उनले सानोतिनो बिबाह समारोह नै आयोजना गरिन जहाँ उनका बाबु छोरीलाई कन्यादान दिने शैलीमा उपस्थीत थिए ।

झट्ट हेर्दा यो कुनै बिबाह समारोह भन्दा कम थिएन् । यतिसम्मकी औठी, ड्रेस लस एन्जलस फेसन विकबाट किनिएको थियो ।
बाबुको हात समाएर केही पाइला हिडेपछि उनी निकै भावुक भइन र गहभरी आँसु पारिन् । यो देखेर उनको बाबु र आमाको पनि आँखा रसाए ।
यो भावुक क्षणको तस्वीरहरु क्यालिफोर्नियाका महिला फोटो पत्रकार लिन्ड्से विलाटोराले खिचेकी छन् । उनी यस्ता विरामीहरुको तस्वीर खिच्छिन्, जो मृत्यु नजिक पुगिसकेका छन् । विलाटोराले यी तस्वीरहरु आफ्नो वेबसाइटमा समेत राखेकी छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.