ग्रिनकार्ड लिएका कर्मचारी खोज्न सघाउने अमेरिकी राजदूतको आश्वासन
नेपालका लागि अमेरिकी राजदुत पिटर डव्लु बोडेले आफ्नो देशको ग्रीनकार्ड र
नागरिकता लिने नेपाल सरकारका कर्मचारीको खोजीमा सहयोग गर्ने आश्वासन दिएका
छन् ।
गैह्रकानूनी हिसावले विभिन्न देशको
नागरिकता, ग्रिनकार्ड र पिआर लिएका सरकारी सेवामा रहेका कर्मचारीहरुलाई
कारवाही गर्ने बताउँदै आएका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई
शुक्रबार भएको भेटमा राजदूत बोडेले प्रशासन सुधारका लागि गरेको प्रयासको
प्रशंसा गरेका थिए ।
‘प्रशासनलार्इ सक्षम र सुदृढ बनाउनुपर्छ
भन्दै मैले थालेको कामको प्रशंसा गरे । अमेरिकामा पनि १ सय ७० वर्ष लागेको
थियो भनेर सुनाएु राजदुत बोडेको भनाई उदृत गर्दै मन्त्री पण्डितले
अनलाइनखबरसँग भने ।
मन्त्री पण्डितका अनुसार भेटमा राजदूत
बोडेले अमेरिकाको कानूनले कुनै पनि सरकारी कर्मचारीले अन्य देशको
ग्रीनकार्ड, पीआर लिए देशद्रोह जत्तिकै अक्षम्य अपराध मानिने बताएका थिए ।
‘मैले पनि सबैले कानून पालना गर्नुपर्छ ।
यहाँ पनि सपथ खाएका छन्, त्यसलार्इ विर्सिए भने कारबाही हुन्छ भनेको छुु
मन्त्री पण्डितले भने ।
राजदुत बोडेले मन्त्री पण्डितसँग भेटका लागि परराष्ट्र मन्त्रालयमार्फत समय मिलाएका थिए ।
0 comments
Write Down Your Responses