कोरियामा २८ प्रतिशत तलब बढाउन माग
३०
चैत, सोल । दक्षिण कोरियाका कामदारले न्यूनतम तलब २८.६ प्रतिशतले वृद्धि
गर्न माग गरेका छन् । मजदुर संगठनहरुले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म
लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेका हुन् ।
अहिले १ घन्टाको न्यूनतम ज्याला ५२ सय १०
वन (५.०३अमेरिकी डलर) छ । न्यूनतम ज्याला निर्धारण गर्न बनेको त्रिपक्षीय
सरकारी प्रतिनिधि, रोजगारदाता र श्रमिक संगठनका प्रतिनिधिबीच गत शुक्रबार
पहिलो चरणको छलफल भएको थियो ।
बैठकमा मजदुर प्रतिनिधिहरुले आर्थिक तथा
मूल्यवृद्धि र श्रम बजारको आय असमान रहेको जनाउँदै आधारभूत तलबमा २८.६
प्रतिशत अर्थात प्रतिघन्टा ६ हजार ७ सय वन बढाउन माग गरेका हुन् । शुक्रबार
कुनै निर्णय नभएकाले आगामी जुन २९ मा ज्याला निर्धारण गरेर अगस्ट ५ मा
श्रम तथा रोजगारमन्त्रीले घोषणा गर्ने सरकारी योजना रहेको कारोबार दैनिकमा खबर छ ।
विभिन्न मजदुर संगठनहरुले कोरियन श्रम
बजारको आय असमानतालाई निरुत्साहित गर्न सामान्य मजदुरहरुको न्यूनतम ज्याला
वृद्धि गर्न सरकारलाई दबाब दिने बताएका छन् । देशको आर्थिक वृद्धि र
मूल्यवृद्धिलगायत विभिन्न सूचकांकका आधारमा न्यूनतम ज्याला वृद्धि गर्न माग
गरिएको हो ।
मजदूर संगठनको माग पूरा भए नेपाली
कामदारको मासिक न्यूनतम तलब करिब १ लाख ३० हजार रुपैयाँ पुग्नेछ । हाल
उनीहरुले करिब १ लाख रुपैयाँ पाइरहेका छन् ।
0 comments
Write Down Your Responses