सजाय मिनाहा हुनै लाग्दा चाल्स शोभराज विरुद्ध फेरि अर्को मुद्दा

काठमाडौं । अपराध गरेको करिब ३८ वर्षपछि कुख्यात अपराधी चाल्र्स शोभराजविरुद्ध भक्तपुर अदालतमा मुद्दा दायर भएको छ । क्यानेडेली नागरिक लउरेन्ट करिरेको हत्या अभियोगमा सरकारी वकिलको कार्यालयले भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
अमेरिकन नागरिक कोनी ब्रन्चिजको हत्या मुद्दामा विगत १० वर्षदेखि केन्द्रीय कारागारमा रहेका शोभराजविरुद्ध १९ चैतमा भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो । मुलुकी ऐनको ज्यानसम्बन्धी महलको दफा १३ को उपदाफा ३ अनुसार शोभराजविरुद्ध कर्तव्यज्यान मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरिएको भक्तपुरका जिल्ला न्यायाधिवक्ता भरतमणि रिजालले बताए ।
ज्यानसम्बन्धी महलको सो उपदफामा सर्वस्वसहित जन्मकैदसम्म सजाय हुनसक्ने प्रावधान छ । अदालतले शेभराजलाई केही दिनमै बयानका लागि बोलाउने तयारी गरेको नयाँ पत्रिकामा खबर छ ।
६ पुस ०३२ मा क्यानेडेली नागरिक लउरेन्ट करिरेको हत्याको घटनामा शोभराजविरुद्ध मुद्दा दायर भएको थियो । पछि अनुसन्धान गर्ने गरी ०३२ सालमै भक्तपुरको सरकारी वकिल कार्यालयले सो मुद्दा तामेलीमा राखेको थियो ।
लउरेन्ट करिरेको शव भक्तपुरको साँगानजिकै फेलापरेको थियो । मणिको खानी देखाउन लैजाने भन्दै शोभराजले लउरेन्टको हत्या गरेको उनीमाथि लेखिएको पुस्तक ‘लाइफ एन्ड क्राइम अफ चाल्र्स शोभराज’मा उल्लेख छ ।
अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज अपराध गरेको वेला प्रहरीलाई छक्याउँदै भाग्न सफल भए पनि ०६० मा नेपाल आउँदा पक्राउ परेका थिए । सोही मुद्दामा उनी अहिले जेलमा छन् ।
शोभराज केन्द्रीय कारागारको गोलघरमा कैदजीवन बिताउँदै आएका छन् । गोलघर जेलभित्रको पनि जेल हो । जहाँ जेलभित्र गलत गतिविधिमा संलग्न व्यक्तिहरूलाई राख्ने गरिन्छ । नेपालको सर्वोच्च अदालतले समेत जिल्ला अदालतको जन्मकैदको फैसलालाई सदर गरिसकेकाले उनी २० वर्ष जेलमा बस्नुपर्ने हुन्छ ।
शोभराजले करिब आधा सजाय भुक्तान गरिसकेका छन् । नेपालको कानुनमा आधा सजाय भुक्तान गरिसकेका र राम्रो आचरण भएका कैदीहरूलाई बाँकी कैद सजाय मिनाहा गर्न सक्ने प्रावधान छ । अर्कोतर्फ ७० वर्ष उमेर पुगेका कैदीहरूको आचरण राम्रो भएमा पनि छुट्न सक्छन् । शोभराज आगामी चैतमा ७० वर्ष पुग्नेछन् । तर, जेलमै रहँदा पनि हत्या–प्रयास, झगडा, मोबाइल प्रयोगलगायतका घटनाले उनको कैद मिनाहा हुने सम्भावना थिएन । जेल

0 comments

Write Down Your Responses

Powered by Blogger.